कांग्रेसको आग्रह : अधिनायकवादी चिप्ला कुरा गर्दै आउँछन्, नयाँ भन्नेहरूको भ्रममा नपर्नू, « Khabarhub

कांग्रेसको आग्रह : अधिनायकवादी चिप्ला कुरा गर्दै आउँछन्, नयाँ भन्नेहरूको भ्रममा नपर्नू,


२२ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसले पछिल्लो समय नयाँ भन्दै आएका दलहरूसँग भर नपर्न मतदातालाई अपील गरेको छ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बिहीबार प्रतिनिधिसभा निर्वाचनबारे पत्रकार सम्मेलन गर्दै प्रवक्ता देवराज चालिसेले यस्तो बताएका हुन् ।

उनले अधिनायकवादीहरु मिठो र चिप्लो कुरा गरेरै आउने भन्दै मतदातालाई सचेत गराए । ‘नयाँ भन्नेहरूको भ्रममा नपर्नुस्’, उनले भने, ‘चुनावी गतिविधिमा बालबालिकाको पनि प्रयोग भइरहेको छ। यस विषयमा निर्वाचन आयोगले हेर्नु पर्छ ।’

चालिसेले खासगरी फरक पार्टी र तिनका नेताहरूप्रति सामाजिक सञ्जाल तथा अन्य ठाउँमा घृणास्पद अभिव्यक्ति दिने कुराको पनि विरोध गरे ।

‘स्वच्छ वातावरणमा चुनाव हुनुपर्नेमा अमर्यादित टिप्पणी गर्ने कुराले स्वस्थ राजनीतिक प्रतिस्पर्धाको वातावरण बिथोलिँदैछ’, उनले भने, ‘कांग्रेस त्यसप्रति सचेत रहेको छ। ’

उनले सुशीला कार्की नेतृत्वको चुनावी सरकारका मन्त्रीहरूले राजीनामा दिएर जानु नौतिकतासँग मिल्दोजुल्दो नभएको टिप्पणी गरे ।

‘चुनावी सरकारका मन्त्रीहरूले राजीनामा दिएर जानु मानव अधिकारको विषय त बन्ला र नौतिकताको विषय होइन’, उनले भने, ‘त्यो नुहुनुपर्ने थियो, भयो । तर, स्वतन्त्र, निर्भय र सुरक्षित वातावरणमा मतदान गर्न पाउने नागरिक र पार्टीको हक जोगाउने कर्तव्य सरकारको हो । त्यसमा लाग्नुपर्छ ।’

प्रकाशित मिति : २२ माघ २०८२, बिहीबार  ५ : ४८ बजे

भदाै २४ ऐतिहासिक धरोहरमाथि भएको विध्वंश लोकतान्त्रिक इतिहासकै कालो दिन : प्रचण्ड

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सुख्खा पहिराले कर्णाली राजमार्ग अवरुद्ध

काठमाडौँ – कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । उक्त

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपास्थित जिल्ला आयुर्वेद चिकित्सालयले बालबालिकालाई स्वर्णविन्दु प्राशन

विपत्तिकै बीच एलपी ग्यासको मूल्यवृद्धि र अभाव आपत्तिजनक : कुलमान घिसिङ

काठमाडौँ – पूर्व ऊर्जामन्त्री कुलमान घिसिङले देश प्राकृतिक विपत्तिको पीडामा

मधेस प्रदेशमा गत वर्ष ५९१ किमी सडक निर्माण र विस्तार

जनकपुरधाम – मधेस प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२.८३ मा