एक करोड पटक हेरियो फिल्म ‘कुमारी’को गीत ‘डोको बुन्ने’, भोलिबाट प्रदर्शनमा « Khabarhub

एक करोड पटक हेरियो फिल्म ‘कुमारी’को गीत ‘डोको बुन्ने’, भोलिबाट प्रदर्शनमा


२२ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दिनेश राउत निर्देशित फिल्म ‘कुमारी’मा समावेश गीत ‘डोको बुन्ने’ले युट्युबमा एक करोड भ्युज पाएको छ ।

पुस १६ गते सार्वजनिक भएको यस गीतले फिल्म प्रदर्शनको अघिल्लो दिन बिहीबार एक करोड भ्युज पूरा गरेको हो । शुक्रबार यो फिल्म प्रदर्शनमा आउँदैछ ।

यो गीतको गायक केहरसिंह लिम्बू हुन् । भिडियोमा फिल्मका नायक अबिषेक खड्का र नायिका आकृति राज भण्डारी फिचर्ड छन् । शब्द सागर लामिछाने मगर र सुमान तामाङ मिलेर लेखेका हुन् ।

लभस्टोरी जनरामा बनेको यस फिल्मबाटै अबिषेक र आकृतिले डेब्यू गरेका हुन् ।

विनिश इन्टरटेन्मेन्टको ब्यानरमा बनेको यस फिल्मको निर्माता महेन्द्र अधिकारीले निर्माण गरेका हुन्। लेखक बिकास सुबेदी हुन् ।

प्रकाशित मिति : २२ माघ २०८२, बिहीबार  ६ : ४० बजे

प्रतिनिधिसभा सदस्यको शपथ र प्रारम्भिक बैठकका लागि तयारी पूरा : संसद् सचिवालय

काठमाडौं– संघीय संसद् सचिवालयले प्रतिनिधिसभा सदस्यहरूको शपथ र सभाका प्रारम्भिक

उपचारमा त्रुटि गर्ने दन्त चिकित्सक साह ७ दिनका लागि निलम्बित 

काठमाडौं– दन्त उपचारमा त्रुटि गरेको ठहर गर्दै नेपाल मेडिकल काउन्सिलले

‘तपाईंले प्रत्येक पटक एक क्यान कोक पिउँदा आफ्नो जीवनको १२ मिनेट गुमाउनुहुन्छ’

काठमाडौं– चिनीयुक्त पेय पदार्थहरूले कलेजोमा बोसो जम्ने रोग, टाइप २

पूर्वाग्रह त्यागेर शून्यबाट नवीन यात्रा थाल्नुपर्छ : कांग्रेस नेता महर 

चितवन- नेपाली कांग्रेसका नेता नैनसिंह महरले ऐतिहासिक विरासत बोकेको कांग्रेसलाई

स्वास्थ्य केन्द्र जाँदै गरेकी एक महिलाले बाटोमै जन्माइन शिशु 

कैलाली– कैलालीको दुर्गम क्षेत्र मोहन्याल गाउँपालिकामा एक महिलाले स्वास्थ्य केन्द्र