यूएई र पाकिस्तानको जेलबाट २६१ जना अफगानी कैद मुक्त « Khabarhub

यूएई र पाकिस्तानको जेलबाट २६१ जना अफगानी कैद मुक्त


२२ माघ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– संयुक्त अरब इमिरेट्स (यूएई) र पाकिस्तानको जेलबाट  २६१ जना अफगान कैदी कैद  मुक्त भई स्वदेश फिर्ता भएको जनाइएको छ । 

संयुक्त अरब इमिरेट्समा अफगानिस्तानको दूतावासको निरन्तर कूटनीतिक प्रयासको परिणामस्वरूप एमिराटी अधिकारीहरूले करिब १०८ जना अफगान बन्दीहरूलाई रिहा गरेको विदेश मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ । 

यो रिहाई युएईको राष्ट्रिय दिवसको अवसरमा गरिएको जनाइएको छ भने केही कैदीहरू यस अघि नै फर्केका थिए बाँकी कानुनी प्रक्रिया पूरा भए पछि स्वदेश फिर्तीको तयारीमा छन् । 

शरणार्थी र स्वदेश फिर्ती मन्त्रालयले विभिन्न पाकिस्तानी सहरहरूमा बन्दी बनाइएका १५३ अफगानहरूलाई रिहा गरी दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डक सीमा पार गरेर अफगानिस्तानमा सुरक्षित रूपमा फिर्ता गरिएको घोषणा गरेको छ । 

केही महिना अघि विदेश मन्त्रालयले दश हजार भन्दा बढी अफगानी नागरिक विदेशमा कैदी  जीवन बिताई रहेका बताइएको छ ती मध्ये अधिकाशं इरान र पाकिस्तानमा रहेको जनाइएको छ ।

प्रकाशित मिति : २२ माघ २०८२, बिहिबार  ६ : ३३ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म