जेन-जीका नाममा सिंहदरबार आगजनी : चितवनका महेन्द्र गौतम समातिए « Khabarhub

जेन-जीका नाममा सिंहदरबार आगजनी : चितवनका महेन्द्र गौतम समातिए


२२ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत भदौ २४ गते जेन-जीका नाममा भएको प्रदर्शनका क्रममा सिंहदरबारमा आगजनी गरेको दाबी गर्दै भिडलाई उत्तेजित बनाउने अभिव्यक्ति दिएको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार चितवनको खैरहनी नगरपालिका–९ घर भई हाल काठमाडौं महानगरपालिका–२९ अनामनगर बस्दै आएका ३६ वर्षीय महेन्द्र गौतमलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले बताए ।

उनीमाथि मिति भदौ २५ गते भएको प्रदर्शनका क्रममा आफूले सिंहदरबारमा आगजनी गरेको भन्दै सार्वजनिक अभिव्यक्ति दिएको तथा अन्य व्यक्तिहरूलाई समेत आगजनी गर्न उक्साएको आरोप छ।

प्रहरीका अनुसार उक्त गतिविधि आपराधिक उपद्रव अन्तर्गत पर्ने भएकाले काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई अनुसन्धान अघि बढाइएको छ।

परिसरले जारी गरेको विज्ञप्तिमा सार्वजनिक शान्ति, सुरक्षा र कानुनको शासनविरुद्धका कुनै पनि गतिविधि सह्य नहुने उल्लेख गरिएको छ।

प्रकाशित मिति : २२ माघ २०८२, बिहीबार  ६ : ४६ बजे

२९ सुकुम्वासीले पाए लालपुर्जा, एक लाख १८ हजार डिजिटल अभिलेखमा थपिए

काठमाडौँ- सरकार गठनको भोलिपल्टै १४ चैतमा सार्वजनिक १०० बुँदे कार्यसूचीको

यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्यसूची

काठमाडौं – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

पूर्णबहादुरले बोलाएको कांग्रेस समूहको बैठक बस्दै

काठमाडौँ – नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले आफूनिकट समूहका नेताको

राष्ट्रियसभामा आज सात मन्त्रालयसहित विभिन्न निकायको विनियोजन शीर्षकमाथि छलफल

काठमाडौँ-  सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको आज अपराह्न १ः१५ बजे बस्ने बैठकमा आर्थिक

डोल्पामा १०६ मेगावाटको जगदुल्ला जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण सुरु

डोल्पा- डोल्पामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको मुख्य