बैतडी बस दुर्घटना अपडेट : आठ जनाको मृत्यु, ४५ जना घाइते « Khabarhub

बैतडी बस दुर्घटना अपडेट : आठ जनाको मृत्यु, ४५ जना घाइते


२२ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

बैतडी – बैतडीमा जन्ती बोकेको बस दुर्घटना भएको छ। पुर्चौडी नगरपालिका–७ को भौनीबाट बेहुली लिएर फर्किंदै गरेको जन्ती बस बढ्गाउँ मोडमा दुर्घटनामा पर्दा कम्तीमा ८ जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार सुप प्र ०२ ००१ ख १११९ नम्बरको बस सडकबाट करिब दुई सय मिटर तल खसेको हो । प्रहरी र स्थानीयवासीको सहयोगमा घाइतेहरूको उद्धार गरिएको छ ।

डीएसपी दीपक कुमार रायका अनुसार दुर्घटनामा परेर हालसम्म ८ जनाको मृत्यु पुष्टि भएको छ। मृतकहरूमा बझाङको बित्थडचिर गाउँपालिका–७ का ४० वर्षीय केशव राज जोशी, १३ वर्षीय अशोक राज जोशी, ३५ वर्षीय बसन्त जोशी, ४१ वर्षीय विष्णुदत्त जोशी र ४२ वर्षीय नरेश राज जोशी छन्।

त्यस्तै, बझाङकै केदारस्यु गाउँपालिकाका ६० वर्षीय मोहन देव भट्ट, जयपृथ्वी गाउँपालिका–७ का ४० वर्षीय बसन्त राज रतला र बैतडीको पुर्चौडी नगरपालिका–७ की पुष्पा अवस्थीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेर ४५ जना घाइते भएका छन् । केहीको अवस्था गम्भीर रहेको छ । उकालो सडकमा अत्यधिक भारका कारण बस दुर्घटनामा परेको हुनसक्ने बताइएको छ ।

प्रकाशित मिति : २२ माघ २०८२, बिहीबार  ९ : ५६ बजे

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार

कर्णाली– कर्णाली प्रदेश सरकारले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखी सचेतना कार्यक्रम अगाडि

राष्ट्रसङ्घको ८१औँ महासभा सुरु : ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’

न्युयोर्क– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा मङ्गलबारबाट यहाँ सुरु भएको छ ।

ओलीको माग : भदौ २३-२४ मा हिंसात्मक घटनाका दोषीलाई कारबाही गरियोस्

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २०८२

खोलाले बगाउँदा किशोर बेपत्ता : खोजी जारी

बाजुरा– खोलाले बगाउँदा यहाँ एक किशोर बेपत्ता भएका छन् ।

उखु किसानको सधैँको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सर्लाही– उधारोमा बिक्री गरेको नगदे बाली उखुको भुक्तानी यहाँका किसानका