गोरेटो एजुकेशनल कन्सल्टेन्सीको पाँचौँ साधारणसभा सम्पन्न « Khabarhub

गोरेटो एजुकेशनल कन्सल्टेन्सीको पाँचौँ साधारणसभा सम्पन्न


२२ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गोरेटो एजुकेशनल कन्सल्टेन्सीले आफ्नो पाँचौँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । रिफाइन, रिफ्रेस र रिचार्ज भन्ने मूल नारासहित सम्पन्न साधारणसभाले संस्थाको दीगो सेवा, सामाजिक उत्तरदायित्व र विद्यार्थी–केन्द्रित परामर्श संस्कृतिलाई थप मजबुत बनाउने उद्देश्य लिएको बताइएको छ ।

साधारण सभामा नेपाल तथा क्यानडाका विभिन्न शाखामा कार्यरत कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

उक्त साधारणसभा सिकाइ, आत्मसमीक्षा, टिम–बिल्डिङ र संस्थागत सुधारमा केन्द्रित रहेको आयोजकले जनाएको छ । आगामी वर्षका लागि स्पष्ट कार्यदिशा तय गर्दै विद्यार्थी सेवा गुणस्तर सुधार र आन्तरिक टिमवर्क सुदृढ बनाउने विषयमा विशेष छलफल गरिएको थियो।

प्रकृतिमैत्री वातावरणमा आयोजना गरिएको कार्यक्रममा संचार विशेषज्ञ तथा प्रशिक्षक राजेश पाठकले प्रभावकारी संचार, विश्वास र सकारात्मक कार्यसंस्कृति शैक्षिक परामर्श संस्थाको दीर्घकालीन सफलताका आधार भएको धारणा राखे।

सहभागीमुलक अभ्यासमार्फत टिम समन्वय, सक्रिय सुनुवाइ र जिम्मेवारी बाँडफाँटको अभ्यास गराइएको थियो। सो अवसरमा गोरटोका प्रबन्ध निर्देशक धीरज कँडेलसहित वरिष्ठ काउन्सेलर तथा संयोजकहरूले संस्थाको समग्र कार्यसम्पादनको समीक्षा गर्दै “छिटो निर्णय गराउने दबाब होइन, इमानदार, यथार्थपरक र विद्यार्थीको भविष्यलाई केन्द्रमा राखेको मार्गदर्शन नै गोरटोको मूल पहिचान हो” भन्ने स्पष्ट सन्देश दिएका थिए।

साधारण सभामा नेपाली विद्यार्थीहरूले वैदेशिक अध्ययनका क्रममा भोग्ने भिसा अस्वीकृतिको डर, आर्थिक दबाब, तथा सामाजिक सञ्जालबाट सिर्जित भ्रमजस्ता यथार्थ चुनौतीलाई बुझेर परामर्श सेवा दिनुपर्ने आवश्यकता औँल्याइएको थियो। गोरेटोले क्यानडा, अष्ट्रेलिया, बेलायत र अमेरिकामा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीका लागि पारदर्शी, जिम्मेवार र भरोसायोग्य सेवा निरन्तर प्रदान गर्ने प्रतिबद्धता दोहोर्याएको छ।

यसै अवसरमा गोरटो एजुकेशनल कन्सल्टेन्सी, नयाँ बानेश्वरका मार्केटिङ तथा सेल्स हेड प्रकाश रेग्मीले संस्थाले प्रकृतिसँग सहअस्तित्वको मूल्यलाई पनि उच्च प्राथमिकतामा राख्दै आएको बताए।

उनले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि प्रकृतिलाई यथास्थितिमा संरक्षण गर्नु आवश्यक रहेको धारणा व्यक्त गरे। नेपालका पहाडी र ग्रामीण क्षेत्रमा रहेका प्राकृतिक पदमार्गहरूलाई जस्ताको तस्तै संरक्षण गर्नु नै दिगो पर्यटनको आधार भएको उनको भनाइ छ ।

सिएसआर मूल्य, सेवा मापदण्ड, विद्यार्थी–केन्द्रित परामर्श र टिम–आधारित संस्थागत संस्कृतिलाई केन्द्रमा राख्दै गोरटो एजुकेशनल कन्सल्टेन्सीले शिक्षा र सामाजिक क्षेत्रमा दीगो योगदान पु¥याउने लक्ष्यसहित अघि बढ्ने जनाएको छ।

प्रकाशित मिति : २२ माघ २०८२, बिहीबार  १० : ११ बजे

विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेजी सरकारको चरम अलोकतान्त्रिक कदम : प्रदीप ज्ञवाली

काठमाडौँ– नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न सरकारसँग जेनजी मुभमेन्टको माग

काठमाडौँ– जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङलाई तत्काल पदबाट बर्खास्त

सरकारी कर्मचारीले पाक्षिक रुपमा तलबभत्ता पाउने

काठमाडौँ– सरकारले अबदेखि राष्ट्रसेवक कर्मचारीहरूलाई पाक्षिक (अर्धमासिक) रुपमा तलबभत्ता उपलब्ध

भुइँमान्छेमाथि निर्मम बन्दै सरकार : गरिबको चमेली बोल्दिने कोही छैन !

काठमाडौं- सरकार सुकुम्बासी, सडक अतिक्रमण हटाउने र व्यवस्थित गराउने अभियानमा

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै, पूर्णबहादुरलाई होला त कारवाही ?

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दै छ