भयरहित वातावरणमा मतदान गरौँ, कांग्रेस सबैभन्दा ठूलो दल बन्दैछ : विश्वप्रकाश शर्मा « Khabarhub

भयरहित वातावरणमा मतदान गरौँ, कांग्रेस सबैभन्दा ठूलो दल बन्दैछ : विश्वप्रकाश शर्मा


२१ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

झापा – नेपाली कांग्र‍ेसका उपसभापति विश्वप्रकाश शर्माले मतदान गरेका छन् । पूर्व सांसदसमेत रहेका शर्माले झापा क्षेत्र नम्बर १ मेचीनगर ९ कविशिरोमणी माविको मतदान केन्द्रमा बिहान मतदान गरेका हुन् ।

उनले बिहीबार बिहान साढे ७ बजे मतदान गरेका हुन् । उनले सबैलाई मतदान गर्न आग्रह गरेका छन् । उनले भनेका छन्, ‘बिहानै मतदान गरियो । यो लोकतन्त्रको सबैभन्दा सुन्दर अभ्यास हो । म अपेक्षा गर्दछु यो अभ्यासमा जति पनि मतदाता हुनुहुन्छ सम्भव भएसम्म आफ्नो विवेकलाई प्रयोग गर्नुहुनेछ । आवेगमुक्त भएर मतदाताले अबको देशको समाधानका लागि आफ्नो निर्णय दिनुहुनेछ ।’

कांग्रेसका केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजकसमेत रहेका उपसभापति शर्माले पार्टीको माहोल राम्रो रहेको प्रतिक्रिया दिएका छन् । उनले भने, ‘म नेपाली कांग्रेस पार्टीको एउटा प्रतिनिधिको रूपमा अहिले मतदान गरिरहँदै गर्दा निश्चय नै नेपाली कांग्रेस पार्टीको चुनाव चिन्ह रूखमा मतदान गरेको छु । र अपेक्षा गर्दछु नेपाली कांग्रेस पार्टी सबैभन्दा ठूलो दलका रुपमा निर्वाचनबाट विजयी हुँदैछ ।’

कांग्रेसको माहोलबारे उनले थप भने, ‘निर्वाचन अभियानका क्रममा करिब ४०–४५ जिल्ला सातै ओटा प्रदेशका सुदूरपश्चिमको डोल्पादेखि दिएर सुदूरपूर्वको सोलु पाँचथरसम्म मनाङदेखि लिएर मधेसको महोत्तरीसम्म पुगिरहँदै गर्दा नेपाली कांग्रेसको पक्षमा माहोल देखिएको छ । यो अभ्यासमा कहीँ पनि देशभरि आवेग र उत्तेजना बेगर सबैलाई मतदान गर्नलाई राजनीतिक दलहरूलाई सद्भावपूर्ण वातावरणमा भयरहित वातावरणमा सहयोग गर्नमा लागि म अपील गर्न चाहन्छु ।’

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार  ८ : ४६ बजे

पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला

अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ

बागमती – जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड