मतदानमार्फत मुलुकले सक्षम र दूरदर्शी नेतृत्व पाओस् : अध्यक्ष ढकाल « Khabarhub

मतदानमार्फत मुलुकले सक्षम र दूरदर्शी नेतृत्व पाओस् : अध्यक्ष ढकाल


२१ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मतदान गरेका छन् । अध्यक्ष ढकालले काठमाडौं विशालनगरस्थित मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

मतदान गरेपछि अध्यक्ष ढकालले मतदानमार्फत मुलुकले सक्षम र दूरदर्शी नेतृत्व पाओस् भनेर प्रतिक्रिया दिएका छन् ।

‘मत भनेको केवल अधिकार मात्र होइन, देशको भविष्य निर्धारण गर्ने जिम्मेवारी पनि हो, मतदानमार्फत मुलुकले सक्षम र दूरदर्शी नेतृत्व पाओस्, जसले स्थिर नीति, लगानीमैत्री वातावरण र निजी क्षेत्रको सहभागितासहित समृद्ध अर्थतन्त्र निर्माणतर्फ मुलुकलाई अघि बढाओस् भन्ने अपेक्षा गरेको छ, यो निजी क्षेत्र मात्र होइन, आम नेपालीको अपेक्षा पनि हो’, ढकालले भने ।

अध्यक्ष ढकालले मुलुकको अर्थतन्त्र, रोजगारी र राजस्वमा ८० प्रतिशतभन्दा बढी योगदान दिने निजी क्षेत्र नै विकास र समृद्धिको प्रमुख संवाहक भएको बताउँदै निजी क्षेत्रको सक्रिय सहभागिता र लगानीबाट मात्रै मुलुकमा अपेक्षित विकास र समृद्धि हासिल हुन सक्ने दाबी पनि गरेका छन् । 

‘निर्वाचनपछि बन्ने नयाँ सरकार र नेतृत्वले निजी क्षेत्रको यस महत्वलाई मनन गर्दै निजी क्षेत्र सँगको सहकार्यलाई अझ सुदृढ र प्रभावकारी बनाउनेछ भन्ने विश्वास छ’, उनले भने ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार  ११ : १६ बजे

रास्वपालाई शुभकामना दिँदै प्रचण्डले भने- रचनात्मक सहयोग गर्छौँ

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकारलाई

बालेन्द्रलाई दलको नेता बनाउने प्रस्ताव सर्वसम्मत पारित

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह संसदीय दलको

ललितपुरमा कोरियन प्रविधिमा आधारित कृषि फार्म सञ्चालन 

ललितपुर– ललितपुर महानगरपालिकामा कोरियन प्रविधिमा आधारित कृषि फार्म सञ्चालनमा आएको छ।

केन्द्रीय समितिबाट संसदीय दल गठनको प्रस्ताव सर्वसम्मत पारित 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिबाट संसदीय दल गठनको प्रस्ताव

दोस्रो पटक घण्टी घरमा बालेन्द्र, आजै रास्वपा दलको नेता बन्दै

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक घण्टीघरमा सुरू भएको