बैतडी र बाजुरामा मतदान जारी « Khabarhub

बैतडी र बाजुरामा मतदान जारी


२१ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडी र बाजुरामा प्रतिनिधिसभा सदस्य निर्वाचन बिहान ७ः०० बजेदेखि सुरु भई उत्साहजनक रूपमा जारी छ । बैतडीमा अहिलेसम्म २२ हजार ६३६ मत खसेको जिल्ला निर्वाचन कार्यालय बैतडीका सूचना अधिकारी नरेश दयालले जानकारी दिए । 

प्रतिनिधिसभा सदस्यका लागि एउटा मात्र निर्वाचन क्षेत्रमा रहेको यहाँ एक लाख ५६ हजार ३७२ मतदाता छन् । बैतडीमा १२९ मतदानस्थल, एक अस्थायीसहित २१५ मतदान केन्द्र रहेका छन् ।

आज बिहानदेखि सुरु भएको मतदान बाजुरामा पनि शान्तिपूर्ण र उत्साहजनक वातावरणमा जारी छ । 

हालसम्म २४ हजार तीन मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ । जिल्लामा यहाँका ७७ मतदास्थल र ११८ मतदान केन्द्रमा निर्धारण गरिएको मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलले जानकारी दिए।

जिल्ला सुरक्षा समिति बाजुराका प्रमुख एवं प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार अहिलेसम्म जिल्लामा शान्तिपूर्ण र मतदाताको सक्रिया सहभागितामा मतदान भइरहेको छ । 

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार  १२ : ४० बजे

सुनसरी-४ का सांसद दीपक साहलाई उद्योगमन्त्रीमा पठाउने तयारी

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी ४ बाट निर्वाचित सांसद दिपक

कारागारका कैदीबन्दीद्वारा रसुवा बाढीपीडितलाई राहत

काठमाडौं– काठमाडौको सुन्धारास्थीत केन्द्रीय कारागारमा रहेका कैदीबन्दीहरुले रसुवा बाढी पीडितका

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

काठमाडौं– रसुवामा बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा दीर्घकालीन एकीकृत विकासका

गाजामा इजरायली आक्रमण, एकै परिवारका चार जनाको मृत्यु 

एजेन्सी– गाजामा विहीबार भएको इजरायली आक्रमणमा दुई बच्चासहित एउटै परिवारका

राष्ट्रपति कार्यालयका प्रवक्ता भन्छन् : कोही पनि मन्त्री बन्नेबारे हामीलाई पत्र आएको छैन

काठमाडौं- राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले कोही पनि मन्त्री बन्ने