इरान-अमेरिका तनाव चुलिँदा इन्धनको मूल्यमा चर्को वृद्धि « Khabarhub

इरान-अमेरिका तनाव चुलिँदा इन्धनको मूल्यमा चर्को वृद्धि


२५ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन डीसी- इरानले हर्मुजको जलमार्गबाट पास हुन खोज्ने एक दर्जनभन्दा बढी जहाजहरूमा आक्रमण गरेसँगै इरान अमेरिका तनाव चर्किंदा तेलको मूल्य प्रतिब्यारेल सय रुपयाँ अमेरिकी डलरभन्दा माथि पुगेको जनाइएको छ । तेहरानले बुधबारदेखि तेल र ग्यासको रणनीतिक ढुवानी मार्ग हर्मुजमा आफ्नो पकड बलियो बनाउँदै जलमार्ग बाहिर नो–गो जोन क्षेत्र विस्तार गरेको छ । जहाँ इरानले फेब्रुअरी २८ मा संयुक्त राज्य अमेरिकासँग युद्ध सुरु भएदेखि यातायात प्रतिबन्धित गरेको छ ।

अन्तर्राष्ट्रिय सम्झौता ‘ब्रेन्ट क्रुड’ को मूल्य बिहीबार एशियाली व्यापारमा प्रतिब्यारेल १०१.२८ डलर थियो, जुन जुलाई पछि पहिलो पटक १०० डलरभन्दा माथि पुगेको हो । इरानको रिभोलुसनरी गार्ड्सले हर्मुजको जलमार्ग पार गर्ने प्रक्रियामा रहेका दुई अमेरिकी जहाज, आठ तेल ट्याङ्कर र १० वटा अन्य जहाजहरूमा आक्रमण गरेको इरानको सरकारी मिडियाले रिपोर्ट गरेपछि कच्चा तेलको मूल्यमा उछाल आएको जनाइएको छ ।

तेहरानमा अमेरिका–इजरायली आक्रमणले द्वन्द्व सुरु गरेको छ महिनाभन्दा बढी समयपछि गतिरोधमा परेको युद्धमा संयुक्त राज्य अमेरिकाले जित हासिल गरेपछि तेलको मूल्य तुरुन्तै कम हुने राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । हर्मुज जलमार्गको नाम ‘ट्रम्प स्ट्रेट’ राख्ने सुझाव दोहोर्‍याउँदै उनले भने, “हामीले इरानसँगको युद्ध जिते पछि तेलको मूल्य घट्नेछ हामी यसलाई जित्दैछौँ र हर्मुज स्ट्रेटलाई नियन्त्रण गर्छौं ।” इरानको शक्तिशाली रिभोलुसनरी गाड्र्सले बुधबार ओमानको खाडी र अरब सागरका केही भागहरूलाई नयाँ प्रतिबन्धित क्षेत्र मा थप गरेपछि ट्रम्पको यस्तो आशावादी टिप्पणी आएको छ ।

यदि कुनै जहाज निर्धारित समन्वयबिना त्यस क्षेत्रमा प्रवेश गर्छ भने, यो हाम्रो प्रतिबन्धको अधीनमा हुने गार्डका प्रवक्ता हुसेन मोहेबीले सरकारी टेलिभिजनसमक्ष बताए । फेब्रुअरीमा युद्ध सुरु भएदेखि इरानले होर्मुज जलमार्गको नियन्त्रणमा दाबी गरेको छ, जलमार्गबाट हुने यातायात अवरुद्ध गरेको छ । जहाजहरू तेहरानको जलमार्ग प्रयोग गर्नुअघि अनुमति प्राप्त गर्ने र पारवहन शुल्क तिर्नुपर्ने दाबी इरनले गर्दै आएको छ ।

इरानले अब लड्न नसक्ने उल्लेख गर्दै ट्रम्पले बुधबार नोभेम्बरमा हुने मध्यावधि चुनावपछि युद्ध समाप्त हुने बताएका छन् । यद्यपि वाल स्ट्रिट जर्नलले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै ट्रम्पका शीर्ष सल्लाहकारहरूले उनको कार्यकालको बाँकी दुई वर्षसम्म युद्ध जारी रहनसक्ने चेतावनी दिएका छन् । इरानी सेनाको वैचारिक शाखा गाड्र्सले पनि एक दिनअघि अमेरिकी सेनाले पाँच इरानी तेल ट्याङ्करहरू नष्ट गरेको प्रतिक्रियामा जोर्डनमा रहेको अमेरिकी सैन्य अड्डामा आक्रमण गरेको बताएको छ ।

जोर्डनको सेनाले जोर्डनमा प्रहार गरिएका १८ वटा क्षेप्यास्त्र खसालेको बताइएको छ । इरानको विदेश मन्त्रालयले आफ्नो तेल ट्याङ्करहरूमा भएको आक्रमणलाई क्षेत्रीय र अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका लागि प्रत्यक्ष खतरा भन्दै निन्दा गर्दै उक्त आक्रमणले यस क्षेत्रमा तनावको खतरा बढाएको बताएको छ । यस क्षेत्रमा अमेरिकी सैन्य सुविधाहरूलाई लक्षित गरी आक्रमण गर्नु ‘आत्मरक्षार्थ’ प्रयास भएको उनले बताइका छन् ।

अमेरिकी सेनाले भने अमेरिकी लडाकू विमानलाई लक्षित गरी भएको इरानी आक्रमणको जवाफ दिइरहेको बताएको छ भने एक हप्ताभन्दा कम समयमा यो दोस्रो घटना हो । लेबनान र यमनमा भएको युद्धको मागसहितका आफ्ना सर्तहरू वासिङ्टनले पूरा गरे युद्ध अन्त्य गर्न सकिने इरानी गार्ड्सले जनाएको छ ।

गाड्र्सले अमेरिकाको नयाँ धम्कीहरूबाट बच्नुपर्ने लेबनानबाट इजरायली शासनको सेना फिर्ता लिनुपर्ने यमनको नाकाबन्दी अन्त्य गर्नुपर्ने र अमेरिकाले फ्रिज गरेको इरानको सम्पत्तिमा जारी गर्नुपर्दछ तथा देशको आणविक र मिसाइल क्षमताहरूमा कुनै पनि हस्तक्षेप हुन नहुने मोहेबीले बताएका छन् । वासिङ्टनले इरानलाई आर्थिक रूपमा दबाउन खोज्दा अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) का बोर्ड अफ गभर्नरहरूले बुधबार तेहरानमाथि दबाब दिने कूटनीतिक कदममा इरानलाई आणविक गैरन्यायिक भन्दै संयुक्त राष्ट्र सुरक्षा परिषद्को पक्षमा मतदान गरेका छन् ।

उक्त प्रस्ताव २३–३ मतले पारित भएको थियो जसमा आठ जना अनुपस्थित थिए उनीहरूले भने रुस, चीन र नाइजरले यसविरुद्धमा मतदान गरेका थिए । संयुक्त राष्ट्र आणविक निगरानीका लागि इरानका प्रतिनिधिले अमेरिकी दबाबमा प्रस्ताव पारित भएको भन्दै यसको कुनै आधार नभएकाले कुनै परिणाम नल्याउने बताएका छन् । यसैबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले संयुक्त आक्रमणको उदेश्य इरानी शासनलाई झकाउनु रहेको दाबी गर्दै इरान ध्वस्त हुन लागेको दाबी गरेका छन् ।

प्रकाशित मिति : २५ भाद्र २०८३, बिहीबार  ३ : १२ बजे

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं- मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री

आफ्नै पार्टीको सरकारसँग रास्वपा महामन्त्री असन्तुष्ट

काठमाडौं- सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिन आचार्यले प्रतिनिधिसभामा

फाइनान्स कम्पनीहरूको वित्तीय सूचक : यस्तो छ, पुँजी पर्याप्तता, खराब कर्जा र सिडि रेसियोको अवस्था

काठमाडौं– नेपाल राष्ट्र बैंकले विसं. २०८३ असार मसान्तसम्मको अपरिस्कृत वित्तीय प्रतिवेदनका

बाँकेमा १९३ कुष्ठरोगी भेटिए

राँझा– गत आर्थिक वर्ष ०८२-०८३ मा १९३ नयाँ कुष्ठरोगी फेला

रास्वपाकै अमरेशले भने- यो सरकार सिंहदरबारबाट होइन, हुकुमी र गुण्डा शैलीमा चलिरहेको छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले वर्तमान