हाम्रो पात्रो प्रयोगकर्ताद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड २५ लाख सहयोग « Khabarhub

हाम्रो पात्रो प्रयोगकर्ताद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड २५ लाख सहयोग


२५ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा हालै गएको विनाशकारी विपद्‌बाट प्रभावित परिवार तथा समुदायको राहत, पुनरुत्थान र पुनर्निर्माण कार्यमा सहयोग पुर्‍याउन हाम्रो पात्रोका प्रयोगकर्ताहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कुल १ करोड २५ लाख सहयोग गरेका छन् । 

हाम्रो पात्रो समुदायका तर्फबाट सो रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो ।

प्रत्येक सहयोगदाताको योगदान औपचारिक रूपमा अभिलेखबद्ध होस् र यो सहयोग हाम्रो पात्रो समुदायको सामूहिक प्रयासका रूपमा चिनियोस् भन्ने उद्देश्यले सबै दाताहरूको नामावली सरकारलाई बुझाइएको जनाइएको छ । 

विदेशमा बसोबास गर्ने नेपालीहरूलाई राष्ट्रिय राहत अभियानमा सहयोग गर्न सहज बनाउने उद्देश्यले हाम्रो पात्रोले सो अभियान सञ्चालन गरेको थियो । सहयोग रकम पठाउँदा कुनै पनि सेवा शुल्क नलिइएकाले प्रयोगकर्ताहरूको योगदान पूर्ण रूपमा राहत कोषमा पुगेको जनाइएको छ ।

हाम्रो पात्रोका संस्थापक तथा मुख्य कार्यकारी अधिकृत (सीईओ)शंकर उप्रेतीले भने, ‘यो १२.५ मिलियन रुपैयाँ हाम्रा प्रयोगकर्ताहरूको सामूहिक योगदान हो । हाम्रो पात्रोको भूमिका उहाँहरूको सहयोगलाई देशसम्म पुर्‍याउन मद्दत गर्नु मात्र थियो ।’ 

नेपाललाई सहयोगको आवश्यकता परेको समयमा संसारभरका नेपालीहरूले देखाएको सहयोगको तत्परता, एकता र उदारताप्रति आभार व्यक्त गर्दै उनले रकमको परिमाण जति भए पनि सहयोग गर्ने प्रत्येक व्यक्तिलाई धन्यवाद दिए ।

आफ्नो स्थापनाकालदेखि नै सूचना तथा डिजिटल सेवामार्फत नेपाली समुदायलाई जोड्दै आएको हाम्रो पात्रोले अप्ठ्यारो समयमा सामूहिक सहयोग जुटाउन पनि निरन्तर मद्दत गर्दै आएको छ। हाम्रो पात्रो एप विश्वभर २० मिलियन (२ करोड)भन्दा बढी पटक डाउनलोड भइसकेको छ ।

प्रकाशित मिति : २५ भाद्र २०८३, बिहीबार  ३ : १३ बजे

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं- मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री

आफ्नै पार्टीको सरकारसँग रास्वपा महामन्त्री असन्तुष्ट

काठमाडौं- सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिन आचार्यले प्रतिनिधिसभामा

फाइनान्स कम्पनीहरूको वित्तीय सूचक : यस्तो छ, पुँजी पर्याप्तता, खराब कर्जा र सिडि रेसियोको अवस्था

काठमाडौं– नेपाल राष्ट्र बैंकले विसं. २०८३ असार मसान्तसम्मको अपरिस्कृत वित्तीय प्रतिवेदनका

बाँकेमा १९३ कुष्ठरोगी भेटिए

राँझा– गत आर्थिक वर्ष ०८२-०८३ मा १९३ नयाँ कुष्ठरोगी फेला

रास्वपाकै अमरेशले भने- यो सरकार सिंहदरबारबाट होइन, हुकुमी र गुण्डा शैलीमा चलिरहेको छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले वर्तमान