निर्वाचनको सफलताले गणतन्त्रप्रतिको विश्वास अझै बलियो भयो : प्रचण्ड « Khabarhub

निर्वाचनको सफलताले गणतन्त्रप्रतिको विश्वास अझै बलियो भयो : प्रचण्ड


२१ फाल्गुन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचन बिहीबार एकै चरणमा सम्पन्न भएपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले जटिल राजनीतिक परिस्थितिलाई सहजतातर्फ लैजान घोषणा गरिएको निर्वाचन तमाम आशंका चिर्दै सभ्य, शान्तिपूर्ण र लोकतान्त्रिक वातावरणमा सम्पन्न भएको उल्लेख गरेका छन्।

उनले नेपाल सरकार, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, सहभागी राजनीतिक दल, नागरिक समाज तथा सम्पूर्ण मतदाताप्रति धन्यवाद व्यक्त गरेका छन्।

प्रचण्डले मतदानमार्फत जनताले देखाएको उच्च सहभागिता, संयम र संघीय लोकतान्त्रिक गणतन्त्रप्रतिको विश्वासले प्रणालीलाई अझ सुदृढ बनाएको धारणा राखेका छन्।

आगामी दिनमा जनताको निर्णयलाई सम्मान गर्दै देश र जनताको हितमा सबै पक्ष मिलेर अघि बढ्नुपर्ने विश्वास समेत उनले व्यक्त गरेका छन्।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहिबार  ६ : ०६ बजे

धर्म प्रचार गरेको आरोपमा पाँच अमेरिकीसहित १० विदेशी पक्राउ

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई