रौतहटमा आज रातिदेखि नै मतगणना गरिने « Khabarhub

रौतहटमा आज रातिदेखि नै मतगणना गरिने


२१ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

रौतहट – रौतहटको चारवटै निर्वाचन क्षेत्रमा आज भएको प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।

निर्धारित समय बिहान ७ः०० देखि सुरु भएको मतदान कार्यक्रम साँझ ५ः०० बजे सम्पन्न भएको थियो । कुनै पनि अप्रिय घटना नभई जिल्लाभित्र रहेको ५४१ वटै मतदान केन्द्रमा मतदान सम्पन्न भएको रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिएका छन् ।

सुरक्षाकर्मी तथा निर्वाचन कर्मचारीको व्यवस्थापनका कारण मतदान प्रक्रिया शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको प्रजिअ भुसालले जानकारी दिए । जिल्लाको चारवटै निर्वाचन क्षेत्रमा दलगत तथा स्वतन्त्र गरी कुल १४२ जनाले उम्मेदवारी दिएका थिए ।

मतदान सम्पन्न भएसँगै मतदानस्थलबाट मतपत्र भएको बक्स मतगणना भएको स्थलमा ल्याउँदै गरेको र सम्भवतः आज रातिदेखि नै मतगणनाको तयारी भइरहेको प्रजिअ भुसालले बताएका छन् ।

जिल्ला निर्वाचन कार्यालयका कार्यालय प्रमुख छोटेलाल दासका अनुसार क्षेत्र नम्बर १ गौरमा रहेको जुद्ध माध्यमिक विद्यालय, क्षेत्र नम्बर २ को ब्रह्मज्योति मावि लौकाहा, क्षेत्र नम्बर ३ को जनता मावि कटहरिया र ४ को जनज्योति उच्च मावि चन्द्रपुरमा मतगणना हुने भएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार  ८ : ३८ बजे

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान

मोरङमा एसईईका सहायक केन्द्राध्यक्ष पक्राउ

काठमाडौँ- मोरङको ग्रामथान गाउँपालिकास्थित एक परीक्षा केन्द्रका सहायक केन्द्राध्यक्षलाई प्रहरीले

आईपीएल : कोलकाताले लखनउलाई दियो १८२ रनको लक्ष्य

काठमाडौं – कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्स विरुद्ध आईपीएलको