रोमाञ्चक खेलमा इङ्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो भारत « Khabarhub

आइसीसी टी–२० विश्वकप

रोमाञ्चक खेलमा इङ्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो भारत


२१ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आइसीसी टी–२० विश्वकपमा भारतले दोस्रो सेमिफाइनलमा इङ्ल्यान्डलाई ७ रनले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको छ ।

भारतले दिएको २५४ रनको लक्ष्य पछ्याउनले क्रममा इङ्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर २४६ रन मात्र बनाउन सक्यो।

इङ्ल्यान्डका लागि ज्याकब बेथेलले १०५ रनको शतकीय पारी खेले । यस्तै विल ज्याकले ३५ र जोस बटलरले २५ रन योगदान दिए । जोफ्रा आर्चर अविजित १९ रन बनाए ।

भारतीय बलर हार्दिक पाण्डेयले २ विकेट लिएका थिए भने अर्शदीप सिंह, जसप्रित बुमराह, वरुण चक्रवर्ती र अक्सर पटेलले समान रूपमा १–१ विकेट लिए।

यसअघि टस हारेर पहिला ब्याटिङ्ग गरेको भारतले २० ओभरमा ७ विकेट गुमाएर २५३ रन बनाएको थियो। सन्जु सामसनले ८९, शिवम दुबे ४३, इशान किशन ३९, हार्दिक पाण्डेय २७ र तिलक बर्माले २१ रन बनाए। इङ्ल्यान्डका बलर विल ज्याक र आदिल रशिदले २–२ विकेट लिए ।

यस जितसँगै भारत लगातार दोस्रो पटक टी–२० विश्वकपको फाइनलमा पुगेको छ। फाइनल खेल आइतबार न्यूजील्याण्डसँग हुनेछ। इङ्ल्यान्ड भने विश्वकपबाट बाहिरिएको छ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार  ११ : २० बजे

झापा–५ मा राति २ बजेबाट मतगणना सुरु गरिने

झापा – देशकै ‘हाइप्रोफाइल’ निर्वाचन क्षेत्रका रूपमा हेरिएको झापा क्षेत्र

लमजुङमा ५४.७६ प्रतिशत मत खस्यो

लमजुङ- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बिहीबार भएको निर्वाचनमा ५४.७६ प्रतिशत मत

बर्दियामा ६१ प्रतिशत मतदान

बर्दिया- प्रतिनिधिसभा निर्वाचनका क्रममा बर्दियामा करिब ६१ प्रतिशत मतदान भएको

काठमाडौं–१ मा यसरी हुँदैछ मतगणना (तस्बिरहरू)

कामठाडौं – काठमाडौं क्षेत्र नम्बर १ को मतगणना जारी छ

शान्तिपूर्ण वातावरणमा निर्वाचन गराउन सफल भएकामा सरकारलाई कांग्रेसद्वारा धन्यवाद

काठमाडौं- नेपाली कांग्रेसले शान्तिपूर्ण वातावरणमा निर्वाचन गराउन सफल भएकामा सरकार