लमजुङमा ५४.७६ प्रतिशत मत खस्यो « Khabarhub

लमजुङमा ५४.७६ प्रतिशत मत खस्यो


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

लमजुङ- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बिहीबार भएको निर्वाचनमा ५४.७६ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय लमजुङका प्रमुख यादवराज आचार्यका अनुसार मतदाता एक लाख ३७ हजार १२४ मतदाता रहेकामा ७५ हजार ८५ मत खसेको प्रारम्भिक जानकारी छ ।

जसमा ३८ हजार ८५६ महिला र ३६ हजार २२९ पुरुष मतदाताको मत खसेको छ । चार नगरपालिका र चार गाउँपालिका गरी आठ स्थानीय तह रहेको जिल्लामा एकमात्र सङ्घीय निर्वाचन क्षेत्र रहेको छ ।

यसअघि भएको सङ्घीय प्रतिनिधि तथा प्रदेश सदस्य निर्वाचन २०७९ मा रहेको ६०.५८ प्रतिशत मत खसेको थियो । सो बेलामा जिल्लामा एक लाख ३३ हजार ५५९ मतदाता रहेका थिए । हालको निर्वाचनमा १३० मतदानस्थल तथा १९२ मतदान केन्द्र रहेको थियो ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  १ : ०२ बजे

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम