आज २०८२ साल चैत २२ गते आइतबारको राशिफल « Khabarhub

आज २०८२ साल चैत २२ गते आइतबारको राशिफल


२२ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०८२ साल चैत २२ गते आइतबार वैशाख कृष्ण पक्षको तृतीया तिथि। तदनुसार सन् २०२६ अप्रिल ५ तारिख। स्वामी शशिधर जन्मजयन्ती । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष :दिन सामान्य छ । सञ्चित धन खर्च हुनेछ । रोगसँग लड्ने क्षमता बढ्नेछ । साथीसँग मिलेर गरेको लगानीबाट फाइदा हुनेछ । तर रोग भने बढ्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।  शिक्षामा गरेको प्रयास सफल बन्ने योग छ ।

वृष : शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । पढाइमा जोस जाँगर बढ्नेछ । आज तपाईंलाई साथी भाइले असहयोग गर्नेछन् । राम्रो बोल्छु भन्दा भन्दै नराम्रो शब्द निस्कनेछ । परिवारसँगको सम्बन्धमा भने खटपटी हुनेछ ।

मिथुन : दिन सहज छ । आम्दानीका स्रोत राम्रा छन् । बौद्धिक व्यक्ति सँगको भेटले मन खुशी हुनेछ । साथी भाइको साथमा अगाडि बढाएको कामबाट फाइदा हुनेछ ।

कर्कट : दिन सामान्य  राम्रो छ । सम्पत्ति जम्मा गर्ने समय छ । घुमफिरमा जाने सम्भावना छ । परिवारसँगको सम्बन्धमा सुधार हुनेछ । विवाद नगर्नू राम्रो हुनेछ । स्वास्थ्यमा भने समस्या हुनसक्छ ।

सिंह : आज आफूले सोचेका काम बन्ने योग परेको छ । पुरानो गुम्न लागेको धन हात पर्नेछ । मन प्रसन्न हुनेछ । गोपनीयता भने कायम गर्नुपर्ने दिन छ । व्यापारमा थप मिहिनेत गर्नुपर्ने दिन छ ।

कन्या : दिन राम्रो छ । साथीको सहयोग मिल्नेछ । सामाजिक कार्यमा मन जानेछ । शिक्षामा गरेको प्रयास सफल बन्ने योग छ । आजको दिन एकल लगानी नगर्नु राम्रो हुनेछ । संयुक्त लगानीमा गरेको कामबाट फाइदा हुनेछ ।

तुला : आम्दानी हुने दिन छ । परिवारभित्र भन्दा बाहिरका साथीले तपाईंको प्रशंसा गर्नेछन् । परिवारमा भने विवाद हुनसक्छ । रोगले पनि सताउन सक्ने भएकाले सचेत हुनु पर्नेछ । शिक्षामा थप मिहिनेत गर्नुहोला ।

वृश्चिक : दिन धेरै राम्रो छ । स्वास्थ्यमा सुधार हुनेछ । पठनपाठनमा रुची बढ्नेछ । बन्धु सँगको सहकार्यले फाइदा हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । साथीले साथ दिने योग छ ।

धनु : दिन सामान्य छ । तपाईंको बोलीको प्रभावले ठूलो काम बन्नेछ । मनका कुरा साथीसँग साट्नु राम्रो हुनेछ । साथी भाइले असहयोग गर्नेछन् । आफन्तले नै अपमान गर्न सक्ने भएकोले सचेत बन्नु राम्रो हुनेछ ।

मकर : धन आर्जन गर्ने दिन छ । बौद्धिक व्यक्ति सँगको भेटले मनमा शान्ति मिल्नेछ । तर सानो कुराले मन अशान्त बन्नेछ । दैनिक काममा स्वास्थ्यले अवरोध हुनसक्छ । साथी सँगको भेटले मन खुशी हुनेछ ।

कुम्भ : दिन सहज छ । सहयोग हात धेरै छन् । मन प्रसन्न हुनेछ । शिवको भजन सुन्नु फाइदा जनक होला । स्वास्थ्यको भने ख्याल गर्नुपर्ने दिन छ । दक्षिणको लामो यात्रामा नजानू राम्रो हुनेछ । परिवार र बन्धुको साथमा काम बन्नेछ ।

मीन : दिन सामान्य छ । अनुत्पादक क्षेत्रको खर्च कटौती गर्नु राम्रो हुनेछ । यात्रा गर्दा सचेत बन्नु पर्नेछ । शिवको भजन सुनेर दिनको सुरुवात गरेमा दिन सहज बन्नेछ ।  शिक्षाको क्षेत्रमा गरेको लगानी सफल बन्नेछ ।

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  ५ : १७ बजे

सुनचाँदीको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य स्थिर छ । यो

युवा संघका नेता पक्राउ गरेपछि महेश बस्नेत आक्रोशित

काठमाडौं- नेकपा एमालेका सचिव महेश बस्नेत ले युवा संघका एक

ओली–लेखकको बन्दीप्रत्यक्षीकरण निवेदनको पेसी न्यायाधीशद्वय शर्मा र पोखरेलको इजलासमा

काठमाडौँ– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण

प्रतिनिधि सभाको बैठक सुरु : रास्वपा उपसभापति डिपी अर्याल सभामुख बन्दै

काठमाडौँ – सङ्घीय संसद्को प्रतिनिधि सभाको बैठक सुरु भएको छ

अमेरिकी सैन्य अधिकारीको उद्धार गरेको ट्रम्पको दाबी, भन्छन्- ‘हामीले सकुशल पायौँ’

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा एफ–१५ ई लडाकु