युवा संघका नेता पक्राउ गरेपछि महेश बस्नेत आक्रोशित « Khabarhub

युवा संघका नेता पक्राउ गरेपछि महेश बस्नेत आक्रोशित


२२ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


528
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका सचिव महेश बस्नेत ले युवा संघका एक नेताको पक्राउप्रति आपत्ति जनाउँदै अविलम्ब रिहा गर्न माग गरेका छन्।

बस्नेतले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै युवा संघ सचिवालय सदस्य वकिल बम लाई शुक्रबार राति करिब १० बजे सादा पोशाकमा आएका ४–५ जना प्रहरीले नियन्त्रणमा लिएको बताएका छन्।

उनका अनुसार बमलाई ‘केही समयका लागि’ भन्दै नियन्त्रणमा लिएर हाल कालिमाटी प्रहरी वृत्त मा राखिएको छ।

बस्नेतले उक्त घटनामा न कुनै झैझगडा, न उजुरी वा कुनै पुरानो मुद्दा रहेको उल्लेख गर्दै व्यवसाय सञ्चालनकै आधारमा ‘गुन्डागर्दी’ को आरोप लगाएर बिनाकारण पक्राउ गरिएको आरोप लगाए।

उनले यस्तो कार्य कानुनी शासनविपरीत भएको र नागरिक स्वतन्त्रतामाथि प्रहार भएको बताएका छन्।

उनले घटनाले राजनीतिक उद्देश्यको संकेत गर्ने दाबी गर्दै यस्ता गतिविधि तत्काल बन्द गर्न र वकिल बमलाई अविलम्ब रिहा गर्न सरकारसँग माग गरेका छन्।

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  ११ : २९ बजे

आज ‘जेनजी’ शहीद दिवस : सार्वजनिक बिदा

काठमाडौँ – आज ‘जेनजी’ शहिद दिवस मनाइँदै छ । गत

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

जेनजी आन्दोलनको एक वर्ष : सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

काठमाडौँ – हातमा प्लेकार्ड, मोबाइलमा लाइभ र मनमा परिवर्तनको हुटहुटी

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल भदौ २३ गते मंगलबार सन् २०२६

आज २०८३ साल भदौ २३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २३ गते मंगलबार सन् २०२६