नोबेल मेडिकल कलेजमा एपिलेप्सी शल्यक्रियासम्बन्धी अन्तर्राष्ट्रिय सिम्पोजियम  « Khabarhub

नोबेल मेडिकल कलेजमा एपिलेप्सी शल्यक्रियासम्बन्धी अन्तर्राष्ट्रिय सिम्पोजियम 


२२ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

विराटनगर– नोबेल मेडिकल कलेज शिक्षण अस्पताल मा एपिलेप्सी शल्यक्रियासम्बन्धी अन्तर्राष्ट्रियस्तरको चौथो ‘एनआइएनएस सिम्पोजियम’ सफलतापूर्वक सम्पन्न भएको छ । ‘एपिलेप्सी शल्यक्रियामा प्रगति’ विषयमा केन्द्रित उक्त कार्यक्रम २०८२ साल चैत २० र २१ गते २ दिन आयोजना गरिएको हो ।

न्युरोसाइन्स इन्स्टिच्युट अफ नोबेल को आयोजनामा सम्पन्न सिम्पोजियम अन्नपूर्ण न्युरोलोजिकल इन्स्टिच्युट एण्ड एलाइड साइन्सेस को सहकार्यमा सम्पन्न भएको हो । कार्यक्रमका कोर्स निर्देशक प्रा. डा. प्रकाश काफ्ले रहेका थिए भने प्रमुख अतिथिका रूपमा प्रा.डा. बसन्त पन्त सहभागी थिए ।

कार्यक्रमकै अवसरमा एनआइएनएस र एएनआइएनएएसबीच आपसी सहकार्य विस्तार गर्ने उद्देश्यले समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरिएको छ। उक्त समझदारीपत्रमा नोबेल मेडिकल कलेजका तर्फबाट डा. प्रकाश काफ्ले र अन्नपूर्ण न्युरोलोजिकल इन्स्टिच्युट एण्ड एलाइड साइन्सेसका तर्फबाट डा.बसन्त पन्तले हस्ताक्षर गरेका छन् । 

सिम्पोजियममा एपिलेप्सी शल्यक्रियासम्बन्धी विभिन्न वैज्ञानिक प्रस्तुतीकरण, केस छलफल तथा क्लिनिकल मूल्याङ्कनका सत्रहरू सञ्चालन गरिएका थिए । साथै ‘टेम्पोरल लोबेक्टोमी’ र ‘कर्पस क्यालोसोोटोमी’ सम्बन्धी क्याडाभेरिक कार्यशाला समेत सम्पन्न गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा देशभरका विशेषज्ञ चिकित्सक, चिकित्साशास्त्रका विद्यार्थी तथा स्वास्थ्यकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । आयोजकका अनुसार यस्ता कार्यक्रमले नेपालमा एपिलेप्सी उपचार तथा शल्यक्रियाको क्षेत्रमा ज्ञान आदानप्रदान तथा सीप अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  १२ : २८ बजे

एनसेल डाटा सेन्टरलाई एएनएसआई/टीआईए–९४२–सी प्रमाणीकरण

काठमाडौं– एनसेल बिजनेसले नख्खु, ललितपुरमा सञ्चालनमा रहेको आफ्नो अत्याधुनिक डाटा सेन्टरले

विपक्षीलाई फकाउँदै रवि, संसद्‍ खोल्न प्रधानमन्त्रीले लिखित जवाफ दिनुपर्ने अडान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपक्षी दलसँग संवाद

३५ करोड लगानीमा नेपालमै ‘स्किन केयर’ सामग्री उद्योग

काठमाडौं– कोरियन प्रविधि र नेपाली उद्यमशीलताको संयोजनमा नेपालमै विश्वस्तरीय ‘स्किन केयर’

रानीसैनमा सशस्त्र र प्रहरीको अस्थायी ‘बिओपी’ र चौकी स्थापना

बाजुरा– हिमाली गाउँपालिकाको रानीसैन क्षेत्रको संरक्षण र नागरिकको सुरक्षाका लागि

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह