बल्ल दलको नेता छान्ने सुरसारमा कांग्रेस, सोमबारका लागि डाकियो बैठक « Khabarhub

बल्ल दलको नेता छान्ने सुरसारमा कांग्रेस, सोमबारका लागि डाकियो बैठक


२२ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


393
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले दलको नेता चयनबारे छलफल गर्न संसदीय दलको बैठक आह्वान गरेको छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सोमबार बिहान ११ बजे बस्ने गरी बैठक बोलाइएको एक नेताले बताएका छन ।

‘बैठकमा संसदीय दलको आकांक्षीहरु साथीहरु पहिचान गर्दै सम्भव भएसम्म सर्वसहमति जुटाउने प्रयास हुनेछ,’ गगन थापा सचिवालयका नेता युवराज पाण्डेयले भने ।

सांसद अर्जुननरसिंह केसी, भरतबहादुर खड्का, मोहन आचार्य, भीष्मराज आङ्देम्बे, निश्कल राई दलको नेताका दाबेदारका रुपमा चर्चामा छन् ।

जसमा केसी र आङ्देम्बे समानुपातिकतर्फबाट चुनिएका हुन भने अन्य प्रत्क्षय निर्वाचित सांसद हुन । आचार्य रसुवाबाट तेस्रोपटक निर्वाचित सांसद हुन ।

२६ वर्षपछि इलाम–२ मा कांग्रेसको विरासत फर्काउने ३५ वर्षीय युवा नेता हुन । यस्तै, डोटीबाट निर्वाचित खड्का पञ्चायतदेखि नेतृत्व गर्दै ५ दशक लामो राजनीतिक अनुभव भएका नेता हुन ।

यतिबेला संसदमा पुगेका ६ दलमध्ये कांगे्रसले मात्रै दलको नेता छनोट गर्न सकेको छैन ।

अन्य पाँच दलले भने गत संसदीय दलको पहिलो बैठक बस्नु अगावै दलको नेता चयन गरिसकेका थिए ।

प्रमुख पार्टी बनेको राष्ट्रिय स्वतन्त्र पार्टीले वरिष्ठ नेता वालेन्द्र शाह (बालेन) संसदीय दलको नेता चयन गरेर प्रधानमन्त्री बनाएको हो ।

२५ सिटसहित संसदमा तेस्रो दल बनेको एमालेले रामबहादुर थापा बादललाई दलको नेता बनायो । उक्त निर्णयबारे एमालेभित्र यतिबेला चर्को बिरोधसँगै विशेष महाधिवेशन माग भइरहेको छ ।

यस्तै, श्रम संस्कृति, नेकपा एमालेमा अध्यक्ष रहेका हर्क साम्पाङ राई र अध्यक्ष पुष्पकमल दाहाल नै दलको नेता बनेका छन् ।

प्रतिनिधिसभाको दोस्रो ठूलो दल कांग्रेसले दलको नेता चयन नगर्दा संवैधानिक परिषद्मा समेत पुर्ण हुन सकेको छैन । प्रमुख प्रतिपक्ष दलको नेता संवैधानिक परिषद्को सदस्य समेत रहने संवैधानिक प्रावधान छ ।

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  १ : ११ बजे

ह्यारी केनले जिते बालोन डी’ओर अवार्ड

काठमाडौँ– इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार स्ट्राइकर

बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

म्याग्दी- म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको छ

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा– पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री फूल । झापाको

भोटेकोशी बाढी : डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके- गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले