राष्ट्रिय सभाको उपाध्यक्षमा एमालेकी लीला भण्डारी सर्वसम्मत हुँदै « Khabarhub

राष्ट्रिय सभाको उपाध्यक्षमा एमालेकी लीला भण्डारी सर्वसम्मत हुँदै


२२ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभा उपाध्यक्ष पदमा नेकपा एमालेकी लीला भण्डारी सर्वसम्मत चयन हुने भएकी छन् ।

राष्ट्रिय सभामा र प्रतिनिधि सभामा समेत तेस्रो दल नेकपा एमालेकातर्फबाट भण्डारी उपाध्यक्ष हुन लागेकी हुन्। राष्ट्रिय सभामा प्रतिनिधित्व गरिरहेका दलहरूले एमालेकी भण्डारीलाई सर्वसम्मत उपाध्यक्ष बनाउने सहमति गरेपछि उनले मनोनयन दर्ता गर्दैछिन् ।

उपाध्यक्ष पदका लागि आइतबार मनोनयन दर्ता हुँदैछ, सोमबार निर्वाचन कार्यक्रम छ ।

विमला घिमिरेको कार्यकाल सकिएपछि उक्त पद रिक्त थियो । राष्ट्रिय सभा नियामावली २०७५ को नियम ८ को उपनियम १ बमोजिम उपाध्यक्ष पदको निर्वाचन हुँदैछ।

अहिले राष्ट्रियसभामा दोस्रो दल नेकपाका तर्फबाट नारायण दाहाल अध्यक्ष रहेका छन् । उता प्रतिनिधि सभाको उपसभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी खुश्वु ओलीको सम्भावना बलियो छ।

पूर्वराज्यमन्त्री तथा नयाँ शक्ति पार्टीकी नेतृ लीला भण्डारी २०७५ सालमा एमाले प्रवेश गरेकी थिइन्।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा माओवादीबाट कैलाली ६ मा निर्वाचित भएकी भण्डारीलाई गत फागुन ११ को राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार बनाइएको थियो ।


प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  २ : ०९ बजे

पर्यटकको पर्खाइमा रमणीय कोटथुम्का

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र

धान फल्ने खेलतमा कागतीखेती

म्याग्दी– कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट

एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए

गण्डकी– गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण

दसैँ बिदामा १५ हजार बढीबाट हेटौँडास्थित शहीद स्मारकको अवलोकन

बागमती– बागमती प्रदेशको राजधानी हेटौँडास्थित शहीद स्मारकको यस वर्षको दसैँ

ह्यारी केनले जिते बालोन डी’ओर अवार्ड

काठमाडौँ– इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार स्ट्राइकर