राष्ट्रिय सभाको उपाध्यक्षमा एमालेकी लीला भण्डारी सर्वसम्मत हुँदै « Khabarhub

राष्ट्रिय सभाको उपाध्यक्षमा एमालेकी लीला भण्डारी सर्वसम्मत हुँदै


२२ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभा उपाध्यक्ष पदमा नेकपा एमालेकी लीला भण्डारी सर्वसम्मत चयन हुने भएकी छन् ।

राष्ट्रिय सभामा र प्रतिनिधि सभामा समेत तेस्रो दल नेकपा एमालेकातर्फबाट भण्डारी उपाध्यक्ष हुन लागेकी हुन्। राष्ट्रिय सभामा प्रतिनिधित्व गरिरहेका दलहरूले एमालेकी भण्डारीलाई सर्वसम्मत उपाध्यक्ष बनाउने सहमति गरेपछि उनले मनोनयन दर्ता गर्दैछिन् ।

उपाध्यक्ष पदका लागि आइतबार मनोनयन दर्ता हुँदैछ, सोमबार निर्वाचन कार्यक्रम छ ।

विमला घिमिरेको कार्यकाल सकिएपछि उक्त पद रिक्त थियो । राष्ट्रिय सभा नियामावली २०७५ को नियम ८ को उपनियम १ बमोजिम उपाध्यक्ष पदको निर्वाचन हुँदैछ।

अहिले राष्ट्रियसभामा दोस्रो दल नेकपाका तर्फबाट नारायण दाहाल अध्यक्ष रहेका छन् । उता प्रतिनिधि सभाको उपसभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी खुश्वु ओलीको सम्भावना बलियो छ।

पूर्वराज्यमन्त्री तथा नयाँ शक्ति पार्टीकी नेतृ लीला भण्डारी २०७५ सालमा एमाले प्रवेश गरेकी थिइन्।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा माओवादीबाट कैलाली ६ मा निर्वाचित भएकी भण्डारीलाई गत फागुन ११ को राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार बनाइएको थियो ।


प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  २ : ०९ बजे

जेनजी आन्दोलनको एक वर्ष : सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

काठमाडौँ – हातमा प्लेकार्ड, मोबाइलमा लाइभ र मनमा परिवर्तनको हुटहुटी

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल भदौ २३ गते मंगलबार सन् २०२६

आज २०८३ साल भदौ २३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २३ गते मंगलबार सन् २०२६

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर