ओलीको बयान : प्रधानमन्त्रीले सिधै गोली चलाउने आदेश दिँदैन, संकटमा सेनाले सहयोग गरेन « Khabarhub

ओलीको बयान : प्रधानमन्त्रीले सिधै गोली चलाउने आदेश दिँदैन, संकटमा सेनाले सहयोग गरेन


२२ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा भएको दमन प्रकरणमा पक्राउ परेका नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जिल्ला अदालत काठमाडौंमा बयान दिएका छन् ।

अघिल्लो शनिबार पक्राउ परेका ओलीले अदालतमा दिएको बयानमा आफूलाई घटनासँग जोड्ने कुनै आधार नरहेको बताएका छन्। उनले प्रधानमन्त्रीले प्रत्यक्ष रूपमा गोली चलाउने आदेश नदिने दाबी गरेका छन् ।

उनले आपत्कालीन अवस्थामा सेनासँग सहयोग माग्दा अपेक्षित समन्वय हुन नसकेको र त्यसले जटिल अवस्था सिर्जना भएको बयानमा उल्लेख गरेका छन् । 

ओलीले आन्दोलनको नाममा राज्यको सम्पत्ति जलाउनेदेखि भीड उत्तेजित पार्नेसम्म सबैमाथि निष्पक्ष कारबाही हुनुपर्ने माग पनि गरेका छन् ।

ओलीले जेन-जी आन्दोलनमा भएका घटनाप्रति दुःख व्यक्त गर्दै दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने बताएका छन् ।

जेन–जी आन्दोलनका क्रममा भएको झडपमा मानवीय क्षति भएपछि घटनाको जिम्मेवारीबारे विवाद छ। बालेन शाह नेतृत्वमा सरकार बनेसँगै गौरीबहादुर कार्की आयोगको सिफारिसअनुसार पूर्वप्रधानमन्त्री ओलीलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको हो । 

ओलीको बयान : 

▪️ प्रधानमन्त्रीले सिधै गोली चलाउने आदेश दिने व्यवस्था नभएको भन्दै आफू दोषी नभएको दाबी
▪️ आपत्कालीन अवस्थामा सेनासँग सहयोग माग्दा अपेक्षित समन्वय हुन नसकेको र त्यसले जटिल अवस्था सिर्जना भएको उल्लेख
▪️ आन्दोलनका क्रममा मानिसको मृत्यु भएको खबर सुन्दा आफू अचम्मित भएको र घटनाबारे गम्भीर प्रश्न उठेको टिप्पणी
▪️ शान्तिपूर्ण भनिएको आन्दोलनमा निषेधाज्ञा किन तोडियो भन्ने विषयमा छानबिन आवश्यक रहेको भनाइ
▪️ राज्यको सम्पत्ति जलाउनेदेखि भीड उत्तेजित पार्नेसम्म सबैमाथि निष्पक्ष कारबाही हुनुपर्ने माग
▪️ राष्ट्रहितमा बोलेको र काम गरेको कारण विभिन्न स्वार्थ समूहबाट आरोप खेप्नुपरेको दाबी

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  ३ : ५९ बजे

२ सय बढी कम्पनीको घट्यो सेयर मूल्य

काठमाडौं– साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा भएको सेयर

समुद्रले निल्दै नाइजेरियाली बस्ती

आयटोरो (नाइजेरिया)- दक्षिणी नाइजेरियाको आयटोरोमा समुद्रको सतह बढ्दै गएपछि तटीय

आगामी वर्षदेखि विद्युत वितरण प्रणालीको आधुनिकीकरणलाई प्राथमिकता दिन्छौँ : ऊर्जामन्त्री

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले आगामी वर्षदेखि विद्युत वितरण

साउन महिनाको दोस्रो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार घोषणा हुँदै

काठमाडौं- करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार आज

संवादबाटै शैक्षिक समस्याको दिगो समाधान खोज्दैछौँ : शिक्षामन्त्री पोखरेल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले संवाद र सरोकारवालाको सुझावका