उपसभामुखमा नेकपाको पनि दाबी « Khabarhub

उपसभामुखमा नेकपाको पनि दाबी


२२ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले प्रतिनिधिसभाको उपसभामुखमा आफ्नो पार्टीको दाबी गरेको बताएका छन् । 

आइतबार संसद् भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता पुनले उपसभामुखमा आफ्नो पार्टीको दाबी रहेको भन्दै यसका लागि अन्य दलहरूसँग छलफल भइरहेको समेत बताए ।

त्यस्तै उनले अहिले जनअपेक्षा अनुसार स्थायित्व प्राप्त भएको भन्दै राम्रा कामका लागि वर्तमान सरकारलाई सहयोग हुने बताए । आफूहरू आलोचनाको लागि आलोचना गर्ने पक्षमा नरहेको उनको भनाइ छ ।

त्यस्तै नेता पुनले नवनिर्वाचित सभामुख परिपक्व राजनीतिज्ञ भएकाले संसद्लाई राम्रो ढङ्गले सञ्चालन गर्नेमा विश्वस्त रहेको बताए । 

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  ३ : ५१ बजे

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम