ओली-लेखकको हिरासत बसाइ लम्बियो, थप पाँच दिन थुनामा राख्न अदालतको अनुमति « Khabarhub

ओली-लेखकको हिरासत बसाइ लम्बियो, थप पाँच दिन थुनामा राख्न अदालतको अनुमति


२२ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


531
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखकको हिरासत बसाइ लम्बिएको छ । काठमाडौं जिल्ला अदालतले थप अनुसन्धानका लागि पाँच दिन थुनामा राख्न अनुमति दिएसँगै उनीहरुको हिरासत बसाइ लम्बिएको हो ।

गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको अनुसन्धानका लागि चैत १४ गते पक्राउ परेका ओली र लेखकका तर्फबाट चैत १५ गते बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता भएको थियो ।

उक्त बन्दीप्रत्यक्षीकरणको निवेदनमा पहिलो पटक चैत १६ गते भएको सुनुवाइमा सरकारका नाममा कारण देखाउ आदेश भएको थियो ।

जेन–जी आन्दोलन घटनाको जाँचबुझ गर्न बनेको पूर्वन्यायाधीश गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषदको निर्णयलगत्तै चैत १४ गते प्रहरीले ओली र लेखकलाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  ७ : ४६ बजे

कञ्चनपुरमा लागूऔषध ओसारपसार नियन्त्रण चुनौती बन्दै

महेन्द्रनगर– समाजमा बढ्दो लागूऔषध नियन्त्रण र फैसला कार्यान्वयनमा कञ्चनपुर प्रहरीले

‘ट्राफिक व्यवस्थापनमा मेट्रो ट्राफिक एफएमको भूमिका प्रशंसनीय’

काठमाडौं– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले ट्राफिक व्यवस्थापन, ट्राफिक सचेतना अभिवृद्धि

सर्पदंशलाई सामान्य नठानौँ, जीवन बचाऔं : स्वास्थ्य मन्त्रालय 

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले वर्षायाममा सर्पदंशका घटना बढ्ने

रास्वपा सांसदमाथि आक्रमण प्रयास, कालोमसी हानियो

रौतहट– रौतहट निर्वाचन क्षेत्र नम्बर–४ का रास्वपा सांसद गणेश पौडेलमाथि

फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्धको तयारी

पेरिस– फ्रान्सले १५ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने