माग पूरा नभए देशभर निर्माण ठप्प पार्ने महासंघको चेतावनी « Khabarhub

माग पूरा नभए देशभर निर्माण ठप्प पार्ने महासंघको चेतावनी


२२ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल निर्माण व्यवसायी महासंघले आफ्ना माग पुरा नभए देशभरि निर्माण कार्य ठप्प पार्ने चेतावनी दिएको छ।

महासंघले मंगलबार पत्रकार सम्मेलन गरेर सरकारी नीतिगत निर्णयमा ढिलाइ र मूल्यवृद्धिको समस्याले निर्माण क्षेत्र गम्भीर संकटमा परेको भन्दै एक हप्ताभित्र माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी दिएको हो । 

हालको अवस्थामा ‘निर्माण गरे घाटा, नगरे जरिवाना’को दोहोरो मारमा व्यवसायीहरू परेको बताएका छन् । निरन्तरको मूल्यवृद्धिका कारण लागत बढ्दै गएकाले सरकारले तत्काल मूल्य समायोजनसम्बन्धी नीतिगत निर्णय गर्नुपर्ने माग गरिएको छ।

त्यसैगरी, विद्युतीय खरिद प्रणालीको विश्वसनीयतामाथि उठेका प्रश्नबारे महासंघले यसअघि केन्द्रीय अनुसन्धान ब्यूरोमा उजुरी दिएको थियो। सो विषयमा अनुसन्धानपछि कुनै कानुनविपरीत कार्य नभएको निष्कर्षसहित प्रतिवेदन आइसकेको अवस्थामा पुनः केही निर्माण व्यवसायीहरूलाई पक्राउ गरिएकोप्रति महासंघले असन्तुष्टि जनाएको छ।

महासंघले संविधानले सुनिश्चित गरेको ‘कसुर प्रमाणित नभएसम्म निर्दोष मानिने’ सिद्धान्तको सम्मान गर्न आग्रह गर्दै राज्यका प्रणालीहरू कमजोर हुँदा निजी क्षेत्रका उद्यमीहरू नै बढी प्रभावित हुने बताएको छ। साथै, प्रणाली सुधार र दोषीलाई कानुनी कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ।

महासंघका महासचिव शिवहरि घिमिरेले मागहरू शीघ्र सम्बोधन नभए आन्दोलनका कार्यक्रम घोषणा गरिने जानकारी दिए। निर्माण कार्य ठप्प हुँदा उत्पन्न हुने सम्पूर्ण परिणामको जिम्मेवारी सरकारकै हुने चेतावनी पनि महासंघले दिएको छ।

प्रकाशित मिति : २२ बैशाख २०८३, मंगलबार  १२ : ५१ बजे

प्रतिनिधिसभा : ‘तराई–मधेसमा पानी नपरेर खेत बाँझै भयो’

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले तराई मधेसका जिल्लामा पानी नपरेर समस्या भएको

प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव प्रस्तुत

काठमाडौं– प्रतिनिधिसभामा भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासी नागरिकको अवस्था र व्यवस्थापन

राजुनाथले स्वीकारे : सडक विस्तारका क्रममा सेनासँग केही असहज अवस्था भएको हो

काठमाडौं– काठमाडौं निर्वाचन क्षेत्र नं. ३ का सांसद राजुनाथ पाण्डेले

स्वास्थ्यले भनिन्-  ‘एन्टिस्नेक भेनम’ को अभाव हुन नदिन गम्भीर छौँ

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सर्पदंशबाट हुने रोगको

प्रतिनिधिसभा : रेबिज सङ्क्रमण रोकथाम गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको बैठकको आजको आकस्मिक समयमा सांसदहरूले जाजरकोट घटनादेखि बाढी