पर्यटन मन्त्रालय अन्तर्गत विभिन्न निकायका ३० भन्दा बढी पदाधिकारी भए पदमुक्त « Khabarhub

पर्यटन मन्त्रालय अन्तर्गत विभिन्न निकायका ३० भन्दा बढी पदाधिकारी भए पदमुक्त


२२ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेका विभिन्न निकायका ३० जना भन्दा बढी पदाधिकारीहरूलाई पदमुक्त गरेको छ ।

मन्त्रालयले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै पशुपति क्षेत्र विकास कोष, नेपाल वायु सेवा निगम, सांस्कृतिक संस्थान, लुम्बिनी विकास कोष, नेपाल पर्यटन बोर्ड, नेपाल नागरिक उड्डयन प्राधिकरण र बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का सबै पदाधिकारी पदमुक्त भएको जनाएको हो ।

सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ को दफा (२)को उपदफा (१) बमोजिम मन्त्रिपरिषद्बाट नियुक्त भएका ती पदाधिकारीलाई पदमुक्त गरिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०८३, मंगलबार  १ : ०२ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म