विपी राजमार्गको जोखिम स्थानमा माइक्रोबस चलाउने चालक प्रहरीको नियन्त्रणमा « Khabarhub

विपी राजमार्गको जोखिम स्थानमा माइक्रोबस चलाउने चालक प्रहरीको नियन्त्रणमा


२२ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका–७ स्थित लास्कोट र घुमाउनेको बीचमा जवरजस्ती सवारी साधन लैजाने माइक्रोबसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  

सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपाल प्रहरी तथा ट्राफिक प्रहरीबाट खटिएको प्रहरी टोलीले सुरक्षित स्थानमा रोक्दारोक्दै लापरबाहीपूर्ण तरिकाले जोखिमयुक्त स्थानमा सवारी साधन लैजाने माइक्रोबसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

यसअघि सोमबार राती लास्कोट र घुमाउनेको बीचमा फसेका ५ माइक्रोबसका ८९ यात्रुलाई सुरक्षा निकायले उद्धार गरेको थियो ।

बर्सातपछिको बाढीले रोशी क्षेत्रमा विपी राजमार्गमा बनाइएको अस्थायी डाइभर्सन बगाउन थालेपछि सुरक्षा निकायले सोमबार साँझ नै उक्त क्षेत्रमा आवागमन बन्द गराएको थियो । तर केही चालकले भने जबरजस्ती सवारी साधन अघि बढाएका थिए ।

प्रहरीले राजमार्गको अवस्था बुझेर मात्रै यात्रा गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ । 

प्रकाशित मिति : २२ बैशाख २०८३, मंगलबार  १ : २९ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म