इरानको आरोप : अमेरिकी ‘प्रोजेक्ट फ्रीडम’ ले जोखिम बढायो « Khabarhub

इरानको आरोप : अमेरिकी ‘प्रोजेक्ट फ्रीडम’ ले जोखिम बढायो


२२ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

तेहरान– इरानी संसद्का सभामुख मोहम्मद गालिबाफले अमेरिकाले होर्मुज क्षेत्रमा जहाज आवागमन र ऊर्जा सुरक्षालाई जोखिममा पारेको आरोप लगाएका छन् । 

उनले सामाजिक सञ्जालमार्फत ट्रम्पको ‘प्रोजेक्ट फ्रीडम’ युद्धविराम उल्लंघन भएको र यसले क्षेत्रलाई नाकाबन्दीजस्तै अवस्थामा पुर्‍याएको बताएका छन्।

उनले वर्तमान अवस्था लामो समय टिक्न नसक्ने चेतावनी दिँदै इरानले आफ्नो पूर्ण शक्ति अझै प्रदर्शन नगरेको बताएका छन्।

दक्षिण कोरिया पनि सहभागी हुन सक्ने

दक्षिण कोरियाले ‘प्रोजेक्ट फ्रीडम’ मा सहभागी हुनेबारे विचार गरिरहेको जनाएको छ। यो अमेरिकी सैन्य अभियान हो, जसको उद्देश्य होर्मुजमा जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्नु रहेको छ। 

यसअघि होर्मुज क्षेत्रमा दक्षिण कोरियाको एक जहाजमाथि इरानी डुंगाहरूले आक्रमण गरेपछि आगलागी भएको थियो।
 

प्रकाशित मिति : २२ बैशाख २०८३, मंगलबार  १ : ५४ बजे

प्रतिनिधिसभा : ‘तराई–मधेसमा पानी नपरेर खेत बाँझै भयो’

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले तराई मधेसका जिल्लामा पानी नपरेर समस्या भएको

प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव प्रस्तुत

काठमाडौं– प्रतिनिधिसभामा भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासी नागरिकको अवस्था र व्यवस्थापन

राजुनाथले स्वीकारे : सडक विस्तारका क्रममा सेनासँग केही असहज अवस्था भएको हो

काठमाडौं– काठमाडौं निर्वाचन क्षेत्र नं. ३ का सांसद राजुनाथ पाण्डेले

स्वास्थ्यले भनिन्-  ‘एन्टिस्नेक भेनम’ को अभाव हुन नदिन गम्भीर छौँ

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सर्पदंशबाट हुने रोगको

प्रतिनिधिसभा : रेबिज सङ्क्रमण रोकथाम गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको बैठकको आजको आकस्मिक समयमा सांसदहरूले जाजरकोट घटनादेखि बाढी