इरानको आरोप : अमेरिकी ‘प्रोजेक्ट फ्रीडम’ ले जोखिम बढायो « Khabarhub

इरानको आरोप : अमेरिकी ‘प्रोजेक्ट फ्रीडम’ ले जोखिम बढायो


२२ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

तेहरान– इरानी संसद्का सभामुख मोहम्मद गालिबाफले अमेरिकाले होर्मुज क्षेत्रमा जहाज आवागमन र ऊर्जा सुरक्षालाई जोखिममा पारेको आरोप लगाएका छन् । 

उनले सामाजिक सञ्जालमार्फत ट्रम्पको ‘प्रोजेक्ट फ्रीडम’ युद्धविराम उल्लंघन भएको र यसले क्षेत्रलाई नाकाबन्दीजस्तै अवस्थामा पुर्‍याएको बताएका छन्।

उनले वर्तमान अवस्था लामो समय टिक्न नसक्ने चेतावनी दिँदै इरानले आफ्नो पूर्ण शक्ति अझै प्रदर्शन नगरेको बताएका छन्।

दक्षिण कोरिया पनि सहभागी हुन सक्ने

दक्षिण कोरियाले ‘प्रोजेक्ट फ्रीडम’ मा सहभागी हुनेबारे विचार गरिरहेको जनाएको छ। यो अमेरिकी सैन्य अभियान हो, जसको उद्देश्य होर्मुजमा जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्नु रहेको छ। 

यसअघि होर्मुज क्षेत्रमा दक्षिण कोरियाको एक जहाजमाथि इरानी डुंगाहरूले आक्रमण गरेपछि आगलागी भएको थियो।
 

प्रकाशित मिति : २२ बैशाख २०८३, मंगलबार  १ : ५४ बजे

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ह्यारी केनलाई विराट कोहलीको बधाई

काठमाडौं – इङ्ल्यान्डका फुटबल खेलाडी ह्यारी केनले विश्वकै उत्कृष्ट फुटबल

कर्णालीले गुमायो सातौँ विकेट, कप्तान कामी आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली