यात्रुको सुरक्षा सुनिश्चित गर्न विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्देशन « Khabarhub

यात्रुको सुरक्षा सुनिश्चित गर्न विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्देशन


२२ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जोखिमयुक्त सडकमा सवारी आवगमन बन्द गरी, यात्रु तथा सवारीसाधनको सुरक्षा सुनिश्चित गर्न, गराउन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । प्राधिकरणले जोखिम भएका स्थानमा सवारी आवागमन बन्दको अवज्ञा गर्ने सवारी चालक एवं सवारीधनीलाई कारबाही गर्नसमेत निर्देशन दिएको छ ।

सोमबार साँझ काभ्रेको रोशी खोलाको बहाव बढेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षित स्थानमा रोक्दारोक्दै पाँचवटा सवारी अगाडि बढ्दा यात्रुहरू बाढीमा फस्न पुगेका थिए । त्यसरी फसेका सबै ८९ यात्रुको सकुशल उद्धार गरिएको छ ।

केही सवारी चालकका कारण यात्रुहरूको सुरक्षाको सन्दर्भमा गम्भीर प्रश्न खडा भएपश्चात् प्राधिकरणले स्थानीय वस्तुस्थिति एवं सडकको जोखिमको अवस्थालाई विश्लेषण गरी आवश्यकतानुसार सवारी आवागमन बन्द गर्न निर्देशन दिएको प्राधिकरणका उपसचिव रामबहादुर केसीले जानकारी दिए ।

प्राधिकरणले जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान, उक्त पूर्वानुमानअनुसार प्राधिकरणबाट जारी हुने पूर्वसूचना, पूर्वचेतावनी र जानकारी पालना गर्न अनुरोध पनि गरेको छ ।

प्रकाशित मिति : २२ बैशाख २०८३, मंगलबार  २ : ४९ बजे

प्रतिनिधिसभा : ‘तराई–मधेसमा पानी नपरेर खेत बाँझै भयो’

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले तराई मधेसका जिल्लामा पानी नपरेर समस्या भएको

प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव प्रस्तुत

काठमाडौं– प्रतिनिधिसभामा भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासी नागरिकको अवस्था र व्यवस्थापन

राजुनाथले स्वीकारे : सडक विस्तारका क्रममा सेनासँग केही असहज अवस्था भएको हो

काठमाडौं– काठमाडौं निर्वाचन क्षेत्र नं. ३ का सांसद राजुनाथ पाण्डेले

स्वास्थ्यले भनिन्-  ‘एन्टिस्नेक भेनम’ को अभाव हुन नदिन गम्भीर छौँ

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सर्पदंशबाट हुने रोगको

प्रतिनिधिसभा : रेबिज सङ्क्रमण रोकथाम गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको बैठकको आजको आकस्मिक समयमा सांसदहरूले जाजरकोट घटनादेखि बाढी