दुई पत्रकारलाई दयाशङ्कर पत्रकारिता सम्मान « Khabarhub

दुई पत्रकारलाई दयाशङ्कर पत्रकारिता सम्मान


२२ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

गण्डकी- राष्ट्रिय समाचार समिति (रासस)का वरिष्ठ सम्पादक सूर्यचन्द्र बस्नेत र बिबिसी नेपाली सेवामा कार्यरत पत्रकार कृष्णमणि बराललाई नेपाल पत्रकार महासङ्घ कास्कीद्वारा स्थापित ‘प्रजातन्त्र सेनानी दयाशङ्कर पालिखे स्मृति पत्रकारिता सम्मान’ प्रदान गरिएको छ । आज पोखरामा आयोजित सम्मान अर्पण समारोहमा गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले पत्रकारद्वयलाई जनही एक लाख एक हजार १११ रुपैयाँसहित दोसल्ला र सम्मानपत्र प्रदान गरे ।

सो अवसरमा प्रदेश प्रमुख भट्टले पत्रकारिता सामाजिक उत्तरदायित्वसहितको पेसा भएको बताए । पत्रकारिता नेपालका हरेक राजनीतिक र सामाजिक परिवर्तनहरूमा सञ्चार जगतले निर्वाह गरेको भूमिका अतुलनीय रहेको बताए ।

“पत्रकारिता क्षेत्रले कुनै दबाब र अभावसँग सम्झौता नगरी आफ्नो कर्मप्रति देखाएको सेवाभाव अनुकरणीय छ । पत्रकारिताको मर्यादा र नैतिकता कायम राख्दै समाज र राष्ट्र निर्माणमा अझै सशक्त भूमिका निर्वाह गर्ने अपेक्षा लिएको छु”, उनले भने । श्रमजीवी पत्रकारको पेसागत अधिकार स्थापित गर्दै सञ्चार संस्था तथा पत्रकारहरूको सबलीकरणको दिशामा राज्यले उचित ध्यान दिनुपर्ने प्रदेश प्रमुख भट्टले बताए ।

पत्रकार बस्नेतलाई विसं २०८१ र पत्रकार बराललाई विसं २०८२ को सम्मान प्रदान गरिएको महासङ्घ कास्कीका अध्यक्ष माधब बरालले जानकारी दिए । तनहुँको व्यास नगरपालिका–२ दमौलीमा जन्मिएका बस्नेत विगत ३० वर्षदेखि पत्रकारितामा सक्रिय छन् ।

राससमा वरिष्ठ सम्पादकका रूपमा कार्यरत उनी त्यसअघि राष्ट्रपुकार साप्ताहिक, हिमालय टाइम्स, नेपाल समाचारपत्र र आदर्श समाज दैनिकमा काम गरेका थिए । त्यस्तै पोखरा महानगरपालिका–७ नुवारथोकमा जन्मिएका बराल विसं २०५५ देखि पत्रकारितामा सक्रिय छन् । बिबीसी नेपाली सेवा, अन्नपूर्ण पोस्ट दैनिक र इनेचर न्युज डटकममा कार्यरत उनले दी हिमालय टाइम्स, समाधान दैनिक, देशान्तर साप्ताहिक, नेपाली टाइम्समा पनि काम गरेका थिए ।

पत्रकारितामार्फत समाज, राष्ट्र र लोकतन्त्रको सुदृढीकरणमा पुर्याएको योगदानस्वरुप उनीहरूलाई सम्मान गरिएको हो । प्रजातन्त्र सेनानी दयाशङ्कर पालिखेको स्मृतिमा उनको परिवारद्वारा उक्त पत्रकारिता सम्मान कोष स्थापना गरिएको थियो ।

प्रकाशित मिति : २२ बैशाख २०८३, मंगलबार  २ : ५३ बजे

जसपाले लुम्बिनीका चार प्रदेश सांसदसहित दर्जनौं नेता-कार्यकर्तालाई गर्‍यो निष्कासन

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको नीति, सिद्धान्त, विधान

बागमतीमा आशा लामासहित पाँच राप्रपा सांसदलाई राप्रपाको स्पष्टीकरण, ह्विप उल्लंघन गरेको आरोप

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बागमती प्रदेश संसदीय दलले

रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार

मोरङ– भोटेकोशी बाढीमा परी अनोज धमला बेपत्ता भएपछि उनको परिवारसहित

ट्रम्पसमर्थित निर्वाचन नक्साबारे मिसौरी सर्वोच्च अदालतमा

वासिङ्टन- मिसौरी राज्यले आगामी मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पसमर्थित नयाँ

बोलिभियाको सैन्य परिसरमा विस्फोट, दुई जनाको मृत्यु, ८१ घाइते

वियाचा- बोलिभियाको एक सैन्य परिसरमा शुक्रबार भएका दुई छुट्टाछुट्टै विस्फोटमा कम्तीमा