मुख्यमन्त्री बानियाँमाथि निष्पक्ष छानबिनको कांग्रेसको माग « Khabarhub

मुख्यमन्त्री बानियाँमाथि निष्पक्ष छानबिनको कांग्रेसको माग


२२ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

पाटन– नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँमाथि लागेका सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा निष्पक्ष र न्यायोचित छानबिन गर्न आग्रह गरेको छ।

प्रदेश सुशासन केन्द्र, जावलाखेलमा आज बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो। बैठकमा संसदीय दलका नेता तथा मुख्यमन्त्री बानियाँकै सभापतित्व रहेको थियो।

संसदीय दलका सचिव मीनकृष्ण महर्जनका अनुसार बैठकले छानबिन प्रक्रिया पारदर्शी र विश्वसनीय बनाउन सम्बन्धित निकायलाई आग्रह गर्ने निष्कर्ष निकालेको छ।

त्यसैगरी, बैठकले बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८३-८४ का लागि आयोजना छनोट गर्दा प्रदेशसभा सदस्यहरूको माग र क्षेत्रगत भौगोलिक अवस्थालाई आधार बनाउने निर्णयसमेत गरेको छ।

प्रकाशित मिति : २२ बैशाख २०८३, मंगलबार  ४ : २९ बजे

प्रतिनिधिसभा : ‘तराई–मधेसमा पानी नपरेर खेत बाँझै भयो’

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले तराई मधेसका जिल्लामा पानी नपरेर समस्या भएको

प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव प्रस्तुत

काठमाडौं– प्रतिनिधिसभामा भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासी नागरिकको अवस्था र व्यवस्थापन

राजुनाथले स्वीकारे : सडक विस्तारका क्रममा सेनासँग केही असहज अवस्था भएको हो

काठमाडौं– काठमाडौं निर्वाचन क्षेत्र नं. ३ का सांसद राजुनाथ पाण्डेले

स्वास्थ्यले भनिन्-  ‘एन्टिस्नेक भेनम’ को अभाव हुन नदिन गम्भीर छौँ

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सर्पदंशबाट हुने रोगको

प्रतिनिधिसभा : रेबिज सङ्क्रमण रोकथाम गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको बैठकको आजको आकस्मिक समयमा सांसदहरूले जाजरकोट घटनादेखि बाढी