मनसुन जोखिमका लागि भक्तपुरमा जल उद्धार अभ्यास « Khabarhub

मनसुन जोखिमका लागि भक्तपुरमा जल उद्धार अभ्यास


२२ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मनसुनका समयमा हुनसक्ने खतरा र त्यसको प्रभावकारी खोज तथा उद्धारका लागि भक्तपुरमा विपद् प्रतिकार्य तथा जल उद्धार अभ्यास गरिएको छ ।  

भक्तपुर जिल्लामा आइपर्ने विभिन्न विपद् तथा प्राकृतिक प्रकोपको प्रतिकार्य तथा पूर्व तयारीका लागि जिल्ला प्रहरी परिसर भक्तपुरले भक्तपुर नगरपालिका–१ स्थित भाज्या पुखुमा जल उद्धार अभ्यास गरेको हो । 

सो क्रममा पोखरीमा डुबेका व्यक्तिलाई ज्यान जोगाउने, उद्धार गरेर ल्याएर प्राथमिक उपचार गर्ने, रबर बोटको प्रयोगसम्बन्धी अभ्यास गरिएको थियो । 

विभिन्न विपद् तथा प्राकृतिक प्रकोपको प्रतिकार्य तथा पूर्व तयारीका लागि भक्तपुरमा कार्यरत प्रहरीलाई तयारी अवस्थामा राख्नका लागि अभ्यासको आयोजना गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक दाताराम अधिकारीले बताए । 

विपद् प्रतिकार्य तथा जल उद्धार अभ्याससँगै विपद् प्रतिकार्यका लागि भक्तपुरमा प्रहरीको तयारी चुस्त पारिएको परिसरले जनाएको छ । 

प्रकाशित मिति : २२ बैशाख २०८३, मंगलबार  ५ : ०३ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म