जापानी कलाकारले फ्यानलाई काखी सुँघाएपछि… « Khabarhub

जापानी कलाकारले फ्यानलाई काखी सुँघाएपछि…


२२ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जापानको मनोरञ्जन उद्योगमा ‘आइडल कल्चर’ को विशेष महत्व छ । फ्यानसँग गहिरो सम्बन्ध बनाउन जापानी कलाकार र एजेन्सीहरुले ठूलो लगानी र समय खर्च गर्छन् । जतिसक्दो धेरै फ्यान फलोइङ बढाउन कलाकारहरुबीच उदेकलाग्दो प्रतिस्पर्धा नै चल्ने गर्छ ।

हालै जापानी सञ्चारमाध्यमहरूले वाकायामा प्रान्तकी एक जना ‘अन्डरग्राउन्ड आइडल’ ले फ्यानहरुलाई काखी सुँघाउने गरेको समाचार छापेका छन् । हरिदा मात्सुमोतो नाम गरेकी ती कलाकारले आफ्नो प्रस्तुती सकिएपछि फ्यानहरुलाई काखी सुँघाउने गरेकी छिन् । उनले हात उठाएर उभिएको र पुरुष प्रशंसकहरूले उनको काखी सुँघिरहेका तस्बिर इन्टरनेटमा भाइरल भएका छन् ।

ठूला कम्पनी र म्यानेजमेन्टको साथ पाउने स्थापित कलाकारहरूको तुलनामा मात्सुमोतोजस्ता साना र स्वतन्त्र रूपमा काम गर्ने ‘अन्डरग्राउन्ड’ कलाकारहरूको संघर्ष निकै कष्टपूर्ण हुने गर्छ । उनीहरू स-साना थिएटर, सपिङ सेन्टर र लाइभ हाउसहरूमा प्रस्तुती दिन्छन् । उनीहरुले फ्यानहरु बनाउन पनि निकै संघर्ष गर्नुपर्ने हुन्छ ।

मात्सुमोतोको यो हर्कतलाई कतिपयले सीमा नाघेको भन्दै आलोचना गरेका छन् भने कतिपयले यसलाई प्रशंसक खुसी पार्न एउटी कलाकारले गर्नुपरेको संघर्षका चित्रण गरेका छन् । जापानका यस्ता धेरै कलाकारहरूको आम्दानी सामान्य कार्यालयमा काम गर्ने कर्मचारीको भन्दा पनि कम हुने गर्छ ।

यति हुँदाहुँदै पनि उनीहरूमाथि फ्यानलाई आकर्षित गर्ने आफ्नो सुन्दरता मेन्टेन गर्ने दबाब रहन्छ । मात्सुमोतोका करिब ४ लाख फलोअर्स छन् ।

प्रकाशित मिति : २२ बैशाख २०८३, मंगलबार  ५ : ०५ बजे

पुस्तौँको अनुभव अब राष्ट्रको सम्पत्ति : ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ बनाइँदै

काठमाडौँ– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा

बझाङमा जिप दुर्घटना: चालकको मृत्यु, दुई घाइते

बझाङ – बझाङमा जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको

संघीय संसद्को चालु अधिवेशन भोलि रातिबाट अन्त्य हुने

काठमाडाैँ – सरकारले संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष

कृषि तथा वन विज्ञान विश्वविद्यालय : अध्ययन बिदा छानबिन गर्न समिति गठन

चितवन– कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका शिक्षक तथा कर्मचारीले