एसईईमा जफत करोड मूल्यका मोबाइल फिर्ता नगरी पानीमा डुबाएर नष्ट ! « Khabarhub

एसईईमा जफत करोड मूल्यका मोबाइल फिर्ता नगरी पानीमा डुबाएर नष्ट !

सिरहा प्रशासनको कदमको चौतर्फी आलोचना


२२ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


906
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रहरी कार्यालय सिरहाको प्राङ्गणमा स्थानीय जनप्रतिनिधि, शिक्षा समितिका पदाधिकारी र सञ्चारकर्मीहरूको रोहबरमा १ करोड बढीका मोबाइल र स्मार्टवाच नष्ट गरिएको छ ।

नष्ट गरिएका उपकरणहरूमा ७ वटा आईफोन, ४ सय ८९ वटा एन्ड्रोइड फोन र ५ वटा स्मार्टवाच छन्। जसको अनुमानित बजार मूल्य १ करोड रुपैयाँभन्दा बढी हुन्छ।

मधेस प्रदेशकी तत्कालीन शिक्षामन्त्री रानी शर्मा तिवारीले परीक्षामा मोबाइल प्रयोग भएको पाइएमा नष्ट गर्ने घोषणा गरेकी थिइन्। सोही निर्देशन र परीक्षा सञ्चालन निर्देशिका विपरीत मोबाइल प्रयोग भएको ठहर गर्दै समन्वय समितिले यस्तो निर्णय गरेको हो।

उपकरण व्यवस्थापनका लागि शिक्षा विकास तथा समन्वय इकाइका शाखा अधिकृत राजदेव यादवको नेतृत्वमा जिल्ला प्रशासन, प्रहरी र राष्ट्रिय अनुसन्धान कार्यालयका प्रतिनिधि सम्मिलित ५ सदस्यीय उपसमिति गठन गरिएको थियो।

प्रहरीले अधिकांश मोबाइल फोन पानी भरिएको ड्रममा २४ घण्टासम्म डुबाएर नष्ट गरेको छ । ‘वाटरप्रुफ’ सेटलाई फुटाएर पानीमा हालेको छ। प्राविधिक रूपमा पुनः प्रयोग गर्न नमिल्ने सुनिश्चित गरेर मात्र यो प्रक्रिया अपनाइएर नष्ट गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशकुमार पालले यो निर्णय प्रहरीको एकल नभई समन्वय समितिको भएको बताएका छन्।

जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सुरेन्द्र पौडेलले जफत गरिएका मोबाइल लिलाम गर्दा भविष्यमा सुरक्षा चुनौती आउन सक्ने दाबी गरेका छन्।

प्रहरीले मोबाइल नष्ट गरेको भिडिओ सार्वजनिक भएपछि सामाजिक सञ्जालमा यो कदमको आलोचना भएको छ । कतिपयले जरिवाना तिराएर अभिभावकलाई मोबाइल फिर्ता दिनुपर्नेमा जोड दिएका छन् ।

अभिभावकले दुःख गरेर किनिदिएको महँगो मोबाइल यसरी नष्ट गर्दा मानवीय संवेदनाको ख्याल नगरिएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको हो ।

प्रकाशित मिति : २२ जेठ २०८३, शुक्रबार  ७ : २६ बजे

रास्वपाको पदाधिकारीमा दलित, जनजाति र मधेसी समुदायको प्रतिनिधित्व शून्य

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनबाट नयाँ नेतृत्व

प्रश्नबाट भाग्दैनौं, रचनात्मक रूपमा सामना गर्छौं : रवि लामिछाने

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले परिस्थितिले

प्रयाङ्क नाममा मधेशी युवकमाथि दुर्व्यवहार, दुई पक्राउ

काठमाडाैं – प्रयाङ्क भिडियो बनाउने बहानामा एक युवकमाथि दुर्व्यवहार गरेको

रवि लामिछानेले लिए रास्वपा सभापतिको सपथ (तस्बिरहरू)

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सभापति रवि