कालीगण्डकी करिडोर : खामभित्तामा पहिरो रोकथाम योजना « Khabarhub

कालीगण्डकी करिडोर : खामभित्तामा पहिरो रोकथाम योजना


२२ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा पर्ने खामभित्तामा पहिरो रोकथाम आयोजना सञ्चालन भएको छ । 
        
बेनी–जोमसोम–कोरला सडक योजना कार्यालयले खामभित्ता क्षेत्रको ३०० मिटरमा पहिरो र कटान रोकथाम आयोजना सञ्चालन गरेको हो । आयोजना प्रमुख तेजस्वी शर्माका अनुसार पहिरो नियन्त्रणका निम्ति निर्माण कम्पनीसँग रु सात करोडमा ठेक्का सम्झौता भएको छ । पर्खाल निर्माणको काम सकिएपछि बायोइन्जिनियरिङ पनि गरिने छ । 

बेनी–जोमसोम–कोरला ७६ किलोमिटर सडकअन्तर्गत रु २५ करोडको लागतमा खामभित्ताका साथै रघुगङ्गा गाउँपालिका–२ तल्लो र माथिल्लो बैसरी, नागढुङ्गा, गुइँठेभिर, खामभित्ता, लाटोखोला, रुप्से, सेतोखोला र लार्जुङ खण्डमा पहिरो तथा कटान रोकथाम योजना सञ्चालन गरेको छ ।  

‘रक एङ्करिङ’, ‘पलम पर्खाल’, ‘बायोइन्जिनियरिङ’, ‘थ्रिडिमेस’ प्रविधिबाट पहिरो रोकथाम गर्न लागिएको आयोजना प्रमुख शर्माले बताए। चालु आर्थिक वर्षभित्र योजना सम्पन्न गर्ने लक्ष्य छ ।

प्रकाशित मिति : २२ जेठ २०८३, शुक्रबार  ८ : २९ बजे

पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ वटाको सनाखत

चितवन– रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा

भोटेकोशी बाढी : तीन हजारको उद्धार, १५ सय बढी बेपत्ता

नुवाकोट– भोटेकोशी नदीमा आएको बाढीमा अलपत्र अवस्थामा रहेका तीन हजारभन्दा

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

राम्रो आम्दानीको स्रोत बन्दै रुद्राक्ष

भोजपुर– भोजपुरमा यस वर्ष रुद्राक्षको कारोबार सुरु भएको छ ।

एसिसी प्रिमियर कप: नेपालले टस जितेर बहराइनलाई दियो ब्याटिङको निम्तो

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणमा