ओझेलमा परेका पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्न पत्रकारहरूको अध्ययन भ्रमण « Khabarhub

ओझेलमा परेका पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्न पत्रकारहरूको अध्ययन भ्रमण


२२ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गण्डकी प्रदेशका ओझेलमा परेका तथा कम प्रचारप्रसार भएका पर्यटकीय गन्तव्यलाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले पोखराका पत्रकारहरूको टोली अध्ययन तथा अवलोकन भ्रमणमा निस्किएको छ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको आर्थिक सहयोगमा आयोजित तीनदिने भ्रमणमा सहभागी पत्रकारहरूले तनहुँ, नवलपुर, स्याङ्जा, पर्वतलगायत जिल्लाका पर्यटकीय स्थलका साथै चितवनको सौराहा र पाल्पाका विभिन्न गन्तव्यको अध्ययन तथा अवलोकन गर्ने कार्यक्रम रहेको छ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले गण्डकी प्रदेशमा पोखरा र अन्नपूर्ण क्षेत्रजस्ता विश्वप्रसिद्ध पर्यटकीय गन्तव्य चर्चामा रहे पनि ग्रामीण तथा नयाँ पर्यटकीय स्थलहरू अझै पर्याप्त रूपमा प्रचारप्रसारमा आउन नसकेको बताए।

उनका अनुसार ती क्षेत्रका प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक सम्पदालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले भ्रमणको आयोजना गरिएको हो।

भ्रमणका क्रममा पत्रकारहरूले पर्यटकीय सम्भावना, प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, स्थानीय जीवनशैली, पर्यटन पूर्वाधार, सेवासुविधा तथा पहुँच मार्गलगायत विषयमा जानकारी संकलन गर्नेछन्। स्थानीयवासीसँगको अन्तरक्रिया र स्थलगत अवलोकनबाट प्राप्त सामग्री विभिन्न सञ्चारमाध्यममार्फत प्रकाशन तथा प्रसारण हुँदा कम परिचित गन्तव्यको प्रवर्द्धनमा योगदान पुग्ने अपेक्षा गरिएको प्रमुख लामिछानेले बताए।

भ्रमणमा सहभागी पत्रकार गोविन्द सुवेदीले कालीगण्डकी नदी आसपासका क्षेत्र, महाशिलाको प्राकृतिक तथा धार्मिक महत्व, अन्धाअन्धी दहसँग जोडिएका किंवदन्ती तथा पाल्पा र नवलपुरका ग्रामीण पर्यटनका विविध पक्षलाई पत्रकारितामार्फत उजागर गरिने जानकारी दिए।

भ्रमण दलमा विभिन्न सञ्चारमाध्यममा कार्यरत १२ जना पत्रकार सहभागी छन्। पर्यटन प्रवर्द्धनसँगै स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विश्वाससहित यो अभियान सञ्चालन गरिएको आयोजकले जनाएको छ।

प्रकाशित मिति : २२ जेठ २०८३, शुक्रबार  ९ : २५ बजे

लिभोनको नयाँ ब्रान्ड एम्बासडरमा स्वस्तिमा खड्का नियुक्त

काठमाडौं– मेरिको लिमिटेड अन्तर्गतको लोकप्रिय हेयर स्टाइलिङ ब्रान्ड लिभोन ले

‘प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियो’

काठमाडौं– पूर्वप्रधानमन्त्री सुशीला कार्कीले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा

राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै

एजेन्सी– चिनियाँ राष्ट्रपति सी जिनपिङले आगामी हप्ता उत्तर कोरियाको राजकीय

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज

गायिका तेजवतीको स्वरमा रहेको ‘नेपालकी छोरी’ सार्वजनिक

काठमाडौं – गायिका तेजवती जोशीको स्वरमा ‘नेपालकी छोरी’ बोलको गीतको