प्रतिनिधिसभा निर्वाचनको केन्द्रीय समीक्षा कार्यशाला सुरु « Khabarhub

प्रतिनिधिसभा निर्वाचनको केन्द्रीय समीक्षा कार्यशाला सुरु


२२ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आयोगले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समग्र मूल्याङ्कन तथा आगामी निर्वाचन सुधारका उपायबारे छलफल गर्न केन्द्रीय समीक्षा कार्यशाला सुरु गरेको छ।

आयोगले बागमती प्रदेशबाहेक अन्य प्रदेशहरूमा समीक्षा कार्यक्रम सम्पन्न गरेपछि बिहीबार काठमाडौँमा केन्द्रीयस्तरको समीक्षा कार्यशाला आयोजना गरेको हो।

कार्यशालाको उद्‌घाटन तत्कालीन प्रधानमन्त्री एवं पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले संयुक्त रूपमा गगरेकी थिइन्।

कार्यक्रममा तत्कालीन गृहमन्त्री ओमप्रकाश अर्याल, तत्कालीन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा, निर्वाचन आयोगका आयुक्तद्वय डा. जानकीकुमारी तुलाधर र सगुनशमशेर जबरा, सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधि, नेपाल सरकारका उच्च अधिकारी, सुरक्षा निकायका प्रतिनिधि, निर्वाचन पर्यवेक्षक, निर्वाचन अधिकृत, जिल्ला निर्वाचन अधिकारी, मतदान अधिकृत, स्वयंसेवक तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।

आयोगका सचिव मधुसुदन बुर्लाकोटीले प्रदेश तथा केन्द्रीय समीक्षाबाट प्राप्त सुझाव, असल अभ्यास र देखिएका कमजोरीहरूको मूल्याङ्कनका आधारमा आगामी निर्वाचनलाई थप प्रभावकारी, विश्वसनीय र व्यवस्थित बनाउन आवश्यक सुधारका खाका तयार गरिने बताए।

गत भदौ २३ र २४ गते भएको जनआन्दोलनपछि अन्तरिम सरकार गठन भएको र तत्कालीन प्रतिनिधिसभा विघटन भएपछि नयाँ प्रतिनिधिसभा निर्वाचन घोषणा गरिएको थियो। आयोगले सो निर्वाचनको अनुभव, चुनौती र उपलब्धिहरूको समीक्षा गर्दै भविष्यका निर्वाचनलाई थप सुदृढ बनाउने उद्देश्यसहित कार्यशाला आयोजना गरेको जनाएको छ।

प्रकाशित मिति : २२ जेठ २०८३, शुक्रबार  ९ : ५९ बजे

आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने

काठमाडौं– सरकारले आगामी आर्थिक वर्षभित्र मुलुकको कुल जडित विद्युत् उत्पादन

‘पार्टी शुद्धीकरण र पुनर्गठन’का लागि एमालेले थाल्यो सुझाव संकलन

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण

जिरी–४ का जिरेल महिलालाई नौमती बाजा बजाउने तालिम

दोलखा– जिल्लाको जिरी नगरपालिका–४ मा जिरेल महिला समूहका ११ जना

युद्धविरामकैबीच दक्षिणी लेबनान खाली गर्न इजरायलको चेतावनी

काठमाडौं– इजरायली सेनाले दक्षिणी लेबनानका करिब २० वटा सहर तथा

एस्काभेटरले फालेको बालुवामा पुरिएर मजदुरको मृत्यु

देउखुरी– एस्काभेटरले फालेको बालुवामा पुरिएर एक जना मजदुरको मृत्यु भएको