नयाँ दिल्ली पुगे परराष्ट्रमन्त्री खनाल « Khabarhub

नयाँ दिल्ली पुगे परराष्ट्रमन्त्री खनाल


२२ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनाल भारतको औपचारिक भ्रमणका क्रममा आज नयाँ दिल्ली पुगेका छन् । भारतीय विदेशमन्त्री डा. एस जयशंकरको निमन्त्रणामा मन्त्री खनाल दिल्ली पुगेका हुन् ।

नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका परराष्ट्रमन्त्री खनाललाई भारतका लागि नेपाली कार्यवाहक राजदूत डा. सुरेन्द्र थापा र भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले स्वागत गरेका थिए ।

भ्रमणका क्रममा मन्त्री खनालले आफ्ना भारतीय समकक्षी डा. जयशंकरसँग द्विपक्षीय वार्ता गर्नुका साथै अन्य उच्चस्तरीय भेटघाटहरूमा सहभागिता जनाउने कार्यक्रम रहेको छ ।

यस भ्रमणले नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आपसी सहयोगका क्षेत्रहरूलाई अझ फराकिलो बनाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २२ जेठ २०८३, शुक्रबार  ५ : ५८ बजे

खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी

काठमाडौं– सुदूरपश्चिम तथा कर्णाली क्षेत्रको मौलिक एवं प्रमुख सांस्कृतिक पर्व

भारतीय दूतावासमा चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर प्रदर्शन

काठमाडौं– प्रदर्शनका क्रममा रहेको चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर काठमाडौँस्थित

भक्तपुर पर्यटनको ३२ वर्ष : ५२ लाखभन्दा बढी पर्यटक घुमे

भक्तपुर– भक्तपुरको पर्यटनको इतिहास ३२ वर्ष नाघेको छ । भक्तपुर

११ दिनपछि उद्धार गरिएका आफ्ना नागरिकसँग चिनियाँ दूतावासको टोलीको भेट

काठमाडौं- माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट उद्धार गरिएका चिनियाँ नागरिकसँग

वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत

 बाजुरा– यहाँको वीरेखोला झरनामा भीषण बाढी आउँदा झण्डै दुई दर्जन