प्रधानमन्त्रीको विवादित भनाइबारे रविको प्रतिक्रिया, ‘परराष्ट्र बोलिसक्यो, हामी बोल्नु पर्दैन’ « Khabarhub

प्रधानमन्त्रीको विवादित भनाइबारे रविको प्रतिक्रिया, ‘परराष्ट्र बोलिसक्यो, हामी बोल्नु पर्दैन’


२२ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको पाँच दिने भ्रमण सकेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शुक्रबार काठमाडौं फर्किएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रधानमन्त्रीसँग जोडिएको विवादित अभिव्यक्तिबारे प्रतिक्रिया दिएका छन्।

लामिछानेले पत्रकारहरूको प्रश्नको जवाफ दिँदै परराष्ट्र नीति कुनै पार्टी वा व्यक्तिको नभई राष्ट्रिय नीति भएको बताएका छन्।

उनले भने, ‘परराष्ट्र मामिला, परराष्ट्र सम्बन्ध र परराष्ट्र नीतिको विषय पार्टीपिच्छे फरक हुँदैन, यो देशको नीति हो।’

उनले प्रधानमन्त्री बालेन शाहसँग सम्बन्धित अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयले आधिकारिक विज्ञप्ति जारी गरिसकेको उल्लेख गरे। जेठ १७ गते संसद्मा उभिएर वालेन्द्रले नेपालले पनि भारतको भूमि मिचेको छ भनेर दिएको अभिव्यक्तिबारे आफूले अब थप नबोल्ने उनले बताए ।

परराष्ट्र मन्त्रालयले औपचारिक रूपमा स्पष्ट पारिसकेपछि थप राजनीतिक प्रतिक्रिया आवश्यक नरहेको संकेत उनले गरेका छन् ।

लामिछानेले यस्ता संवेदनशील विषयमा संस्थागत संयन्त्रमार्फत मात्रै धारणा राख्नुपर्नेमा जोड दिएका छन्।

कूटनीतिक मामिलामा व्यक्तिगत वा दलगत टिप्पणीभन्दा सरकारी निकायको आधिकारिक धारणा नै अन्तिम हुने उनको तर्क छ।

प्रकाशित मिति : २२ जेठ २०८३, शुक्रबार  ७ : ०५ बजे

भोटेकोशी बाढी : पोखरा ल्याइएका १५ शव आफन्तले बुझे

कास्की – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु

रसुवा बाढीका मृतकको डीएनए परीक्षणमा भारतीय फरेन्सिक टोली सक्रिय

काठमाडौं – रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको पहिचानका

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौं – भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

भोटेकोशी बाढी : आजसम्म २८९ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौं – बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी