विपक्षीहरूलाई रविको सन्देश: संसारै पल्टेजसरी, सरकार नै ढालौँलाजसरी उचालिनु हुँदैन « Khabarhub

विपक्षीहरूलाई रविको सन्देश: संसारै पल्टेजसरी, सरकार नै ढालौँलाजसरी उचालिनु हुँदैन


२२ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको पाँच दिने भ्रमण सकेर फर्किएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपक्षी दलहरूलाई संयमता अपनाउन आग्रह गरेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले देशमा स्थिरता आवश्यक रहेको बताएका हुन्।

लामिछानेले आफ्नो दल स्थिरता र प्रतिबद्धताको पक्षमा रहेको बताए। उनले भने, ‘हामी अस्थिरताको पक्षमा छैनौँ, स्थिरताको पक्षमा छौँ। हामीले लेखेको र बोलेको बाचामा अडिग छौँ।’

उनले प्रतिपक्षले उठाएका प्रश्नहरूको जवाफ सत्ता पक्षले दिँदैमा सबै विवाद समाधान नहुने बताए। पहिले स्पष्ट भइसकेका विषयमा अनावश्यक विरोध जारी राख्नुको साटो अघि बढ्नु राम्रो हुने उनले बताए।

लामिछानेले विपक्षीलाई लक्षित गर्दै अस्थिरता सिर्जना गर्ने प्रयास नगर्न आग्रह गरे। उनले भने, ‘अस्थिरता र किचलोको वातावरण बनाउनु हुँदैन। संसारै पल्टेला जसरी सरकार नै ढाल्ने गरी उचालिनु हुँदैन।’

सरकारसँग सुधार गर्नुपर्ने विषयहरू भए संवाद र प्रक्रियामार्फत समाधान गर्न सकिने उनले बताए । तर अनावश्यक राजनीतिक तनाव सिर्जना गर्नु उचित नहुने उनको भनाइ छ।

प्रकाशित मिति : २२ जेठ २०८३, शुक्रबार  ७ : १४ बजे

११ दिनपछि उद्धार गरिएका आफ्ना नागरिकसँग चिनियाँ दूतावासको टोलीको भेट

काठमाडौं- माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट उद्धार गरिएका चिनियाँ नागरिकसँग

वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत

 बाजुरा– यहाँको वीरेखोला झरनामा भीषण बाढी आउँदा झण्डै दुई दर्जन

निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सरकारको स्पष्ट नीति

लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच

काठमाडौं- ‘हेपाटाइटिस बी’ खोपको परीक्षणमा प्रयोग गरिएका चिम्पान्जी संरक्षण केन्द्रमा

सिमकोटमा विद्युत् आपूर्ति बन्द

हुम्ला– जिल्ला सदरमुकाम सिमकोटमा अनिश्चितकालका लागि विद्युत् सेवा अवरुद्ध हुँदा