६ सय बाँदर मारेको अभिव्यक्तिपछि सांसद धुर्वराज राईविरुद्ध प्रहरीमा जाहेरी « Khabarhub

६ सय बाँदर मारेको अभिव्यक्तिपछि सांसद धुर्वराज राईविरुद्ध प्रहरीमा जाहेरी


२२ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

भोजपुर – प्रतिनिधिसभा सदस्य तथा श्रम संस्कृति पार्टीका सांसद धुर्वराज राईविरुद्ध राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनअन्तर्गत कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय भोजपुरमा जाहेरी दर्ता गरिएको छ ।

ललितपुरस्थित स्नेहाज केयरका तर्फबाट रुपक कोइरालाले बुधबार जिल्ला प्रहरी कार्यालय भोजपुरमा जाहेरी पेश गर्दै सांसद राईले विगतमा करिब ६ सय बाँदर मारेको सार्वजनिक अभिव्यक्ति दिएको उल्लेख गरेका छन् ।

जाहेरीमा राईले भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ का तत्कालीन गाउँपालिका अध्यक्ष रहँदा करिब ६ सय बाँदर मारेको भन्दै सार्वजनिक रूपमा स्वीकार गरेको दाबी गरिएको छ। उक्त अभिव्यक्ति फेसबुकमा सार्वजनिक एक अन्तर्वार्तामार्फत सार्वजनिक भएको उल्लेख गरिएको छ।

जाहेरीकर्ताले सांसद राईको उक्त कार्य राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६(२) अन्तर्गतको कसुर भएको दाबी गरेका छन्। सो दफाअनुसार अन्य वन्यजन्तु मार्ने वा घाइते बनाउने व्यक्तिलाई एक लाखदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना, एक वर्षदेखि दश वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था रहेको जाहेरीमा उल्लेख छ।

जाहेरीसँगै भिडियो अन्तर्वार्तालाई प्रमाणका रूपमा पेश गरिएको छ भने घटनाबारे जानकारी राख्ने स्थानीय व्यक्तिहरूसँग समेत बुझ्न माग गरिएको छ। प्रहरीले जाहेरी प्राप्त भएपछि आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाउने जनाएको छ।

प्रकाशित मिति : २२ जेठ २०८३, शुक्रबार  ८ : ३६ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा