चिनियाँ ‘नव सैन्यीकरण’ को आरोप जापानद्वारा अस्वीकार, रक्षा बजेट पारदर्शी बनाउन माग « Khabarhub

चिनियाँ ‘नव सैन्यीकरण’ को आरोप जापानद्वारा अस्वीकार, रक्षा बजेट पारदर्शी बनाउन माग


२२ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनले लगाउँदै आएको नव सैन्यकरणको आरोप जापानले अस्वीकार गरेको छ । सिंगापुरमा आयोजित ‘शाङ्ग्रिला डायलग’ सुरक्षा सम्मेलनमा बोल्दै जापानका रक्षामन्त्री शिनजिरो कोइजुमीले बेइजिङले लगाएको ‘नव सैन्यीकरण’ को आरोपलाई अस्वीकार गरेका हुन् । सम्मेलनलाई सम्बोधन गर्दै उनले चीनले आफ्नो सैन्य क्षमतामा तीव्र रूपमा वृद्धि गरिरहेको तर त्यसमा पारदर्शिता नअपनाएको भन्दै आलोचना गरे । यस अभिव्यक्तिले दुई देशबीचको बढ्दो तनावलाई फेरि एकपटक सतहमा ल्याइदिएको छ ।

रक्षामन्त्री कोइजुमीले चीनले आफ्नो रक्षा बजेट लगातार उच्च रूपमा बढाइरहेको उल्लेख गर्दै चिनियाँ सैन्य गतिविधिहरू जापान र सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायका लागि गम्भीर चिन्ताको विषय बनेको बताए । जापानमाथि लागेको सैन्यीकरणको आरोपको खण्डन गर्दै उनले परमाणु हतियार र रणनीतिक बमवर्षक विमानहरूको ठुलो भण्डार भएको देशले यस्ता हतियार केही पनि नभएको जापानलाई ‘नव सैन्यीकरण’ को आरोप लगाउनु तर्कसंगत नभएको टिप्पणी गरे ।

जापान र चीनबीचको सम्बन्ध पछिल्लो समय निकै कमजोर बनेको छ। गत नोभेम्बरमा जापानी प्रधानमन्त्री सानाए ताकाइचीले ताइवानमाथि चीनले सम्भावित आक्रमण गरेमा जापानले सैन्य प्रतिक्रिया दिन सक्ने बताएपछि दुई देशबीचको सम्बन्ध वर्षौंदेखिकै सबैभन्दा खराब अवस्थामा पुगेको हो। चीनले लोकतान्त्रिक रूपमा शासित ताइवानलाई आफ्नो क्षेत्र मान्दै आएको छ, जसमा ताइवान सरकारको कडा आपत्ति रहँदै आएको छ ।

प्रकाशित मिति : २२ जेठ २०८३, शुक्रबार  ४ : ४६ बजे

लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका

नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन विशेष कार्यक्रम

काठमाडौँ– नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपालको

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण जोखिममा रहेका मुलुकहरूको

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ– नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।

खोलाले बगाउँदा एक जनाको मृत्यु

काभ्रे– काभ्रेको धुलिखेल नगरपालिका–९ भएर बग्ने डाँफे खोलाले बगाउँदा एक