विभिन्न घटकलाई एकीकृत गर्दै साहको अध्यक्षतामा कमन जेन-जी नेपालको केन्द्रीय कमिटी पुनर्गठन  « Khabarhub

विभिन्न घटकलाई एकीकृत गर्दै साहको अध्यक्षतामा कमन जेन-जी नेपालको केन्द्रीय कमिटी पुनर्गठन 


२१ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कमन जेन-जी नेपालको केन्द्रीय कमिटी पुनर्गठन गरिएको छ । विभिन्न घटकलाई एकीकृत गर्दै कमन जेन-जी नेपालको पुनर्गठन गरिएको हो । विकेश साहको अध्यक्षतामा केन्द्रीय कमिटीको घोषणा गरिएको छ । 

पुनर्गठित कमिटीका अध्यक्ष साहले विभिन्न घटकलाई एकीकृत गर्दै साझा जेन-जीहरुको संगठनको रुपमा केन्द्रीय कमिटीको निर्माण गरेको बताए । घोषणा गरिएको केन्द्रीय कमिटीमा विभिन्न जेन-जी संगठनहरु समाहित भएको छ । 

‘यो कुनै राजनीतिक दलको भातृ संगठन होइन । विभिन्न घटकहरूलाई हामीले एकीकृत गर्दै जेन-जीहरुको साझा संगठनको रुपमा कमन जेन-जी नेपालको पुनर्गठन गरेका छौँ,’ अध्यक्ष साहले भने, ‘अहिले जेन-जी आन्दोलनको मुद्दा र एजेन्डा ओझेलमा परेको छ । त्यसलाई बचाउन र माग सम्बोधनका लागि हामी विभिन्न समूहमा रहेका जेन-जीहरु एकीकृत हुँदै अगाडी बढ्न प्रतिबद्ध छौँ ।’ 

वर्तमान सरकार (प्रधानमन्त्री वालेन शाह)ले जेन-जी आन्दोलनको मुद्दा तथा एजेन्डा छोडेको, सरकारले जेन-जीहरुको माग सम्बोधन गर्न नचाहेको अहिले स्पष्ट देखिएको अध्यक्ष साहले बताए । 

सरकारलाई दबाब दिँदै जेन-जीको माग सम्बोधन गराउनका लागि पनि हामी एकीकृत हुँदै अगाडी बढ्नुको विकल्प नभएको उनले बताए । साथै विभिन्न समूहमा विभाजित जेन-जीहरुलाई एकीकृत हुँदै अगाडी बढ्न साहले सुझाव समेत दिएका छन् । 

पुनर्गठित केन्द्रीय कमिटीको उपाध्यक्षमा उज्जवल शर्मा, सोनिया पटेल, महासचिवमा रोनिश साह, उपमहासचिवमा जग्गु मण्डल, दिलिप साह, अफ्रोज आलम, सचिवमा ललन साह, राहुल यादव र कोषाध्यक्षमा समृद्धि रेग्मी रहेका छन् । 

कृष्णमोहन सहनी इन्चार्ज र प्रदिप साह सहइन्चार्ज रहेको कमन जेनजी नेपालको केन्द्रीय सदस्यमा विकाश झा, सुभाष ठाकुर, अभिषेक अधिकारी, सन्नी ठाकुर, धीरेन्द्र साह, प्रसुना आचार्य, मनिष यादव, रन्जन महतो, सुशान्त साह, रोहित कुशवाहा, आर्यन कुशवाहा, एमडी तौसिर राजा, मुरली साह, आर्यन थापा, किशोर केसी, दिपेन्द्र सिंह कुँवर, करण यादव, आभाष चौधरी, ऋषी साह, गौतम साह, राकेश साह, पृथ्वीकुमार साह, कृष्ण दास, दिलिप रजक धर्मेन्द्र साह लगायत रहेका छन् । 

१०५ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरिएको र केही दिनभित्रैमा सातै प्रदेशका साथै जिल्ला जिल्लामा समेत कमन जेनजीको संगठन विस्तार गरिने महासचिव रोनिश साहले जनाएका छन् ।

प्रकाशित मिति : २१ असार २०८३, आइतबार  १ : २१ बजे

बेपत्ता कर्मचारीमाथि कारबाही एक्सन सुरु, नार्कबाट सुरुवात

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले बेपत्ता रहेका कर्मचारी

भवनमै सीमित बैतडीको ट्रमा सेन्टर

दशरथचन्द– यहाँ निर्मित ट्रमा सेन्टर जनशक्ति अभावका कारण सञ्चालनमा आउन सकेको

‘१०० दिनमै सरकार उम्लियो, पाँच वर्षसम्ममा पोखिन्छ’

काठमाडौं– प्रतिनिधिसभामा प्रधानमन्त्री वालेन्द्र शाहले गत जेठ १७ गते नेपालले

‘सञ्चारसम्बन्धी कानुन, प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिताबारे राष्ट्रिय बहसको आवश्यकता’

काठमाडौं– नेपाल पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्माले सञ्चारसम्बन्धी कानुन, प्रेस

सिक्टा सिँचाइ आयोजना समयमै सम्पन्न गर्न मन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं– आर्थिक वर्ष २०६१/६२ देखि निर्माण सुरु भएको सिक्टा सिँचाइ