हात्ती धपाउन खोज्दा घरमा आगलागी : आमा छोराको मृत्यु « Khabarhub

हात्ती धपाउन खोज्दा घरमा आगलागी : आमा छोराको मृत्यु


२१ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

चितवन – चितवनमा जंगली हात्तीको आक्रमण र आगलागीबाट आमा–छोराको मृत्यु भएको छ । शनिबार राति ११ बजे को भरतपुर महानगरपालिका–२३, बेलहट्टा स्थानीय पूर्ण बोटेको कच्ची घरमा हात्तीले आक्रमण गर्दा सुतिरहेकी २५ वर्षीया आशिका बोटे र ४ वर्षीय छोरा भरत बोटेको ज्यान गएको हो ।

भरतपुर महानगरपालिका–२३ का वडाध्यक्ष दीपक दवाडीका अनुसार हात्तीले घर भत्काउन थालेपछि पूर्ण बोटेले धपाउनका लागि आगो बाल्ने प्रयास गरेका थिए । सोही क्रममा कच्ची घरमा आगो सल्केको प्रहरीले जनाएको छ । स्थानीय र प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो ।

घटनापछि शनिबार राति नै चितवन राष्ट्रिय निकुञ्ज कार्यालय, स्थानीय जनप्रतिनिधि, नयाँ गोरखा गण, मध्यवर्ती उपभोक्ता समिति र प्रहरी टोलीबीच छलफल भएको छ ।

छलफलमा निकुञ्ज कार्यालयमार्फत पीडित परिवारलाई तत्काल उचित राहत उपलब्ध गराउने, क्षतिग्रस्त घर पुनर्निर्माण गरिदिने र हात्तीलाई तत्काल नियन्त्रणमा लिने सहमति भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार घटनास्थलको आवश्यक कानुनी प्रक्रिया तथा मुचुल्का सम्बन्धी कार्य सम्पन्न भएको बताएका छन् ।

प्रकाशित मिति : २१ असार २०८३, आइतबार  ८ : ३८ बजे

काइलीले करोडौँ डलरको ‘ब्रा’ लगाएपछि…

काठमाडौं- अमेरिकी रियालिटी टीभी स्टार एवम् मेकअप उद्यमी काइली जेनरले

डिसेम्बरमा स्वदेश फर्किने हसिनाको दृढता

काठमाडौं- बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बर महिनाभित्रै स्वदेश फर्कने

महानवमीमा सवारी साधनको पूजा

काठमाडौं- आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्वका अवसरमा सवारी

अमेजनले सन् २०२७ मा जर्मनीमा १६ अर्ब युरोभन्दा बढी लगानी गर्ने

बर्लिन- अमेरिकी प्रविधि कम्पनी अमेजनले सन् २०२७ मा जर्मनीमा १६

‘मिस वेलनेस वर्ल्ड २०२६’ का विजेता सन्वीलाई गृहनगरमा स्वागत

जनकपुरधाम- अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा ‘मिस वेलनेस वर्ल्ड २०२६’ की विजेता