संस्कृति संरक्षणमा सक्रिय स्थानीय सरकार « Khabarhub

संस्कृति संरक्षणमा सक्रिय स्थानीय सरकार


२१ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

भोजपुर– पौवादुङमा गाउँपालिकाले स्थानीय मौलिक संस्कृतिको संरक्षण र प्रवद्र्धनलाई प्राथमिकतामा राख्दै पिप्ले क्षेत्रमा देवाली थान निर्माण गरेको छ ।

परम्परागत रुपमा सञ्चालन हुँदै आएका सांस्कृतिक अभ्यासलाई जोगाउने उद्देश्यले गाउँपालिकाको पहलमा देवाली थान निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले बताए ।

स्थानीयसँगको ५० प्रतिशत लागत साझेदारीमा देवाली थान निर्माण गरिएको जानकारी दिँदै उनले पालिकाका विभिन्न स्थानमा अवस्थित मठमन्दिर र किरातहरुका सांस्कृतिक एवं धार्मिक क्षेत्रको संरक्षण गरिएको बताए ।

देवालीस्थल निर्माणबाट परम्परागत रुपमा विभिन्न समयमा मनाइने चाडपर्व, पूजाआजा, उभौलीउधौलीलगायत पर्व तथा अनुष्ठान सञ्चालनमा सहयोग पुगेको स्थानीय कृष्णकुमार पौडेलले बताए ।

धार्मिक एवं सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्न मद्दत पुग्ने भएकाले देवालीस्थलजस्ता संरचना निर्माणलाई प्राथमिकता दिइएको गाउँपालिकाकी उपाध्यक्ष ज्योत्सना राईले बताइन् ।

प्रकाशित मिति : २१ असार २०८३, आइतबार  ११ : १३ बजे

केरुङ बाढीबाट चीनतर्फ पनि मृतकको संख्या बढ्दै, ५५४ जना बेपत्ता

ल्हासा– बुधबार चीनको सिचाङ स्वायत्त क्षेत्रस्थित केरुङ बन्दरगाहमा आएको पहिरो

बाढीपहिरोका कारण देशका विभिन्न सडक र राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न सडक तथा राजमार्ग अवरुद्ध भएका

टप एण्ड टी–२० : आज नेपाल ‘ए’ले भिक्टोरिया सिए–११ विरुद्ध खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी तेस्रो संस्करणको टप एण्ड टी–२० सिरिजमा आज

रसुवा बाढीपछि कहाँबाट कति सहयोग प्राप्त भयो ?

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा गत बुधबार आएको बाढीका कारण रसुवा,

मिथिलाको सांस्कृतिक पर्व झुलनोत्सव सम्पन्न

महोत्तरी– मधेसको मिथिला क्षेत्रमा मनाइने सांस्कृतिक पर्व झुलनोत्सव सम्पन्न भएको