संस्कृति संरक्षणमा सक्रिय स्थानीय सरकार « Khabarhub

संस्कृति संरक्षणमा सक्रिय स्थानीय सरकार


२१ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

भोजपुर– पौवादुङमा गाउँपालिकाले स्थानीय मौलिक संस्कृतिको संरक्षण र प्रवद्र्धनलाई प्राथमिकतामा राख्दै पिप्ले क्षेत्रमा देवाली थान निर्माण गरेको छ ।

परम्परागत रुपमा सञ्चालन हुँदै आएका सांस्कृतिक अभ्यासलाई जोगाउने उद्देश्यले गाउँपालिकाको पहलमा देवाली थान निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले बताए ।

स्थानीयसँगको ५० प्रतिशत लागत साझेदारीमा देवाली थान निर्माण गरिएको जानकारी दिँदै उनले पालिकाका विभिन्न स्थानमा अवस्थित मठमन्दिर र किरातहरुका सांस्कृतिक एवं धार्मिक क्षेत्रको संरक्षण गरिएको बताए ।

देवालीस्थल निर्माणबाट परम्परागत रुपमा विभिन्न समयमा मनाइने चाडपर्व, पूजाआजा, उभौलीउधौलीलगायत पर्व तथा अनुष्ठान सञ्चालनमा सहयोग पुगेको स्थानीय कृष्णकुमार पौडेलले बताए ।

धार्मिक एवं सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्न मद्दत पुग्ने भएकाले देवालीस्थलजस्ता संरचना निर्माणलाई प्राथमिकता दिइएको गाउँपालिकाकी उपाध्यक्ष ज्योत्सना राईले बताइन् ।

प्रकाशित मिति : २१ असार २०८३, आइतबार  ११ : १३ बजे

काइलीले करोडौँ डलरको ‘ब्रा’ लगाएपछि…

काठमाडौं- अमेरिकी रियालिटी टीभी स्टार एवम् मेकअप उद्यमी काइली जेनरले

डिसेम्बरमा स्वदेश फर्किने हसिनाको दृढता

काठमाडौं- बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बर महिनाभित्रै स्वदेश फर्कने

महानवमीमा सवारी साधनको पूजा

काठमाडौं- आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्वका अवसरमा सवारी

अमेजनले सन् २०२७ मा जर्मनीमा १६ अर्ब युरोभन्दा बढी लगानी गर्ने

बर्लिन- अमेरिकी प्रविधि कम्पनी अमेजनले सन् २०२७ मा जर्मनीमा १६

‘मिस वेलनेस वर्ल्ड २०२६’ का विजेता सन्वीलाई गृहनगरमा स्वागत

जनकपुरधाम- अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा ‘मिस वेलनेस वर्ल्ड २०२६’ की विजेता