बजेटले सम्बोधन नगरेका विषय मौद्रिक नीतिले सम्बोधन गर्नुपर्छ : अध्यक्ष श्रेष्ठ « Khabarhub

बजेटले सम्बोधन नगरेका विषय मौद्रिक नीतिले सम्बोधन गर्नुपर्छ : अध्यक्ष श्रेष्ठ


२१ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जान श्रेष्ठले बजेटले सम्बोधन नगरेका विषय मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने बताएका छन् । आइतबार प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको बैठकमा बोल्दै उनले सो धारणा राखेका हुन् ।

‘बजेटले केही कुरा सम्बोधन गर्न खोजेको छ, बजेटबाट सम्बोधन नभएका कुरा हामीले मौद्रिक नीतिबाट सम्बोधन हुन्छ कि भन्ने अपेक्षा राखेका छौँ’, उनले भने, ‘विगतमा पनि मौद्रिक नीतिले केही न केही अगाडि बढेर राहत दिएको अवस्था हो ।’

अध्यक्ष श्रेष्ठले देशमा रोजगारी सिर्जना गर्नको लागि सरकार र निजी क्षेत्र दुवैले थप काम गर्नुपर्ने बताए । हालको रोजगारीमा निजी क्षेत्रको ८६ प्रतिशत योगदान रहेकाले राज्यले धेरै काम गर्नुपर्ने उनको भनाइ थियो ।

अहिले नेपालमा भइरहेको उपभोगको ठूलो हिस्सा आयातमा आधारित भएकाले सो उत्पादन नेपालमा नै गर्न सकिन्छ कि भनेर हेर्न आवश्यक रहेको उनले बताए ।

‘उपभोगको लागि पनि हामीले विदेशमा नै मुख ताक्नुपर्ने, झण्डै ७० प्रतिशत वस्तु हामीले विदेशबाट नै आयात गर्छौँ’, उनले भने, ‘३० प्रतिशत यहीँ उत्पादन गर्छौँ र ७० प्रतिशत आयात गर्छौँ, त्यो ७० प्रतिशत यहाँ उत्पादन गर्न सक्छौँ कि ? त्यसमा सक्षम हुने हो कि भन्ने हिसाबले हेरौँ ।’

अध्यक्ष श्रेष्ठले जग्गा मौद्रिकीकरण हुँदा समस्या भएको तर, जग्गा बिना भने ऋण लिने अवस्था नभएको पनि बताए । 

‘पैसा कमाउनको लागि जग्गामा नै लगानी गर्नुपर्ने स्थिति छ, जग्गा मोनिटाइज भएको छ । तर, जग्गाको मनिटाइजले धेरै नै समस्या सिर्जना भएको भन्ने पनि छ, तर, जग्गामा नलगाएर के गर्ने उद्योगीले ऋण लिनको लागि जग्गा नै देखाउन पर्ने छ’, उनले भने ।

उनले अहिलेको चुनौती के हो भने ब्याजदर भन्दापनि पुँजी कसरी परिचालन गर्ने भन्ने रहेको बताए । औसत माग र उपभोग बढाउने दिशामा काम गर्नुपर्ने पनि उनले बताए ।

साथै, अध्यक्ष श्रेष्ठले चालु पुँजी कर्जा गाइडलाइनलाई बैंक र व्यवसायबीचमा छलफल गरेर लागू गर्नुपर्ने भनाइ राखेका छन् ।

प्रकाशित मिति : २१ असार २०८३, आइतबार  १ : ०२ बजे

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन– ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी– बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा आउन

जेलेन्स्कीलाई बर्नह्यामको पहिलो कूटनीतिक स्वागत, युक्रेनप्रतिको बेलायती समर्थन पुनः पुष्टि

लन्डन- बेलायतका नवनियुक्त प्रधानमन्त्री एन्डी बर्नह्यामले पदभार ग्रहण गरेको एक सातापछि

देवानगञ्ज घटना हुँदा सुनसरीमा थिएनन् दुवैजना एसपी

सुनसरी– सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

काठमाडौं– आँपको उत्पादनको पछिल्लो तथ्यांक हेर्ने हो भने यसको क्षेत्रफल,