सरकारले गरीखाने वर्गलाई उठिबास लगायो, राष्ट्रियता कमजोर बनायो : एमाले सचेतक घतानी « Khabarhub

सरकारले गरीखाने वर्गलाई उठिबास लगायो, राष्ट्रियता कमजोर बनायो : एमाले सचेतक घतानी



काठमाडौं- नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबीचको सम्बन्ध सुमधुर छैन । एमालेले रास्वपा नेतृत्वको सरकारले एक सय दिनमा गरेका कामको आलोचना गरिरहेको छ ।

एमाले सांसद तथा सचेतक निशा घतानीलाई हामीले सरकारका एक सय दिनको उपलब्धिको सेरोफेरोमा रहेर पाँच प्रश्न गरेका छौँ । प्रस्तुत छ कुराकानीको सम्पादित अंश-

सरकारको सय दिनको प्रगति देख्दा कस्तो लागेको छ ?

सरकारले आफैँ धेरै वटा काम गर्न नपाएको देखिन्छ । ४० वटा जति चाहिँ काम सम्पन्न गर्न नसकेको भन्ने कुरा आएको छ । सरकार आफैँ पनि १०० दिनको काममा खुसी छ जस्तो लाग्दैन । मैले प्रतिपक्षी दल पार्टीको नेतृत्व मात्र नभएर एउटा साधारण जनता भएको हिसाबले विश्लेषण गरेको हो ।

कसरी ? तपाईँहरूलाई मात्रै ठिक नलाग्या हो कि?

मैले मेरो दललाई साइड राखेर कुरा गर्दा पनि सबैभन्दा धेरै सरकारबाट पीडा चाहिँ सामान्य जनताले नै पाउनुभएको छ । मैले मेरो दल जिम्मेवारीलाई अलग राखेर जनताको हिसाबले हेर्ने हो भने उहाँले एक महिनामा प्लस टू र एसईईको रिजल्ट निकाल्ने भन्नुभयो, निकाल्नु पनि भयो । तर विद्यार्थीहरु आन्दोलनमा छन् ।

भाषण र घोषणापत्रमा सय दिनमा विदेशबाट नेपालीहरूलाई फर्काउने भन्नुभएको छ । तर, दिनानुदिन विदेशिने क्रम बढेको छ । हिजो जस्तो थियो, त्यस्तै नै विदेश जाने लहर छ । विदेशबाट आएर कसैले पनि यहाँ रोजगार पाएको देखिँदैन । सुकुम्वासीको विषय त अझ भयानक छ । थोरै ठाउँ धनीपुर्जा दियो होला तर उनीहरुलाई होल्डिङ सेन्टरमा राखिएको छ ।

सहकारीका साना बचतकर्ताको केही रकम फिर्ता भए होला । तर यो लोकप्रियतातर्फ बढी गएको देखिन्छ । सरकारले लोकप्रियता त्यागेर वास्तविकतातर्फ आउनुपर्‍यो । सहकारीका साना बचतकर्ताको रकम फिर्ता हुनु चाहिँ सुखद नै मानौँ । होल्डिङ सेन्टरमा राखेका सुकुम्वासीहरूको निम्ति सरकारले अरु कुनै विकल्प अपनाउन सकेन । होल्डिङ सेन्टरभित्र एक हप्तामा निस्किन भनेर सूचना जारी गरेका मान्छेहरुले कोठा नपाएर बिजोग छ । किसान मल नपाएर आन्दोलन गरिरहेका छन् ।

मेरै क्षेत्रमा हेर्नुहुन्छ भने हात्तीको समस्या उस्तै छ । सीमानाको कुरा गर्दा सुस्ताका र सीमावासीहरू आज पनि आन्दोलनमा हुनुहुन्छ । सरकारले १०० दिनको उत्सव मनाइरहँदा सीमानाको विषयमा पनि केही न केही पोजेटिभ आउँछ होला भन्ने थियो, त्यो आएन । बढ्दो सडक दुर्घटना रोकथामका लागि पनि कुनै पहल भएन ।

प्रि-मनसुनको विषयमा पनि खासै तयारी भएन । नदीमा गाडी नै पसेका छन् । यस्ता आपत्कालLन विषयमा पनि संवेदनशील भएको देखिएन । पार्टीको महाधिवेशनका विषयमा पनि अल्मलिनुभयो । त्यसकारण सरकारले सय दिनमा राम्रो काम गर्न सकेन । मैले यो जनता भएर हेरेर विश्लेषण गरेको ।

के के गरेको भए चाहिँ आशावादी हुने थियो ?

सरकार ढलेको झण्डै एक वर्ष बितिसकेको छ, अन्तरिम सरकारले पनि धेरै भूमिका पाएन । अन्तरिम सरकारसँग काम गर्ने धेरै अधिकार थिएन । छ महिना जस्तो त देश नै रिजर्भ भएर बसेको थियो । बीचमा ठ्याक्कै गर्न सकिने धेरै कुराहरू थिए । जस्तो एसईईको रिजल्टमा फास्टट्र्याकमा रिजल्ट आयो । तर सर्टिफिकेटको कारण समस्या छ । त्यस्ता कुरा हतारमा गरिनु हुँदैन । राम्रोसँग चेक गरिदिएको थियो भने प्रोसेसमा जानुपर्ने थिएन । विद्यार्थीहरू सडकमा आन्दोलनमा आउनुपर्ने थिएन । सरकारले पनि यो विषयमा समिति बनाउनुपर्ने थिएन ।

सरकारले गर्ने राम्रा काममा सहयोग गर्नकै लागि हामी आएको हो । किसानले मल नपाएर हाहाकार छ । सीमाका विषयमा सरकार संवेदनशील हुनुपर्ने थियो । सरकारको दोस्रो दिनको बैठकमै रास्वपाको सभापति आएर तमाम दलित समुदायसँग क्षमायाचना माग्नुभयो । तर ७० दिन जसो निरन्तर दलितहरू नै सडकमा कोठा पाएनौँ भनेर आन्दोलन गरिरहेका छन् । एक जनाको त सिन्धुलीमा हिरासतभित्रै मृत्यु भयो ।

यो बीचमा अरु थुप्रै घटना पनि आएका छ न्। यी समस्या समाधान गर्न त उहाँहरुलाई बजेटै चाहिँदैन थियो । कानुन कार्यान्वयनको विषयमा पनि उहाँहरू चुक्नुभएको छ । सडकमा कोठा खाली छ ? भनेर गरिएका आन्दोलनलाई पनि बेवास्ता गरियो । म आफैँ पूर्वधार विकास समितिमा छु । सडक दुर्घटना रोकथामका लागि सुझाव धेरै माननीयहरूले दिनुभएको थियो । तर त्यो सुझाव कार्यान्वयनमा आएन । परिणाम दिने कुरामा सरकार चुकेको छ । तर लोकप्रियतामा अगाडि देखिन्छ ।

सरकारको तीन महिने कार्यशैली देख्दा पाँच वर्षमा पूरा गर्ने भनेर लेखिएका कुराहरू पूरा गर्ने अवस्था छ कि छैन ?

यही रेसियोमा उहाँहरु हिँड्नुभयो अध्यादेश ल्याउने, अध्यादेशको सहारामा चल्ने गर्नुभयो भने यस्तो गतिविधिले उहाँहरूसँग भएका केही मान्छेहरूलाई मात्रै सहज हुने अवस्था देखिन्छ । सरकारले आफ्ना मान्छेहरूलाई मात्रै व्यवस्थापन गर्न हतारो गरिरहेको छ । तपाईँलाई म एउटा उदाहरण दिन्छु- सहकारी ऐन संशोधन विधेयक बनेर आयो । संशोधन हालेको २४ घण्टाभित्र छलफल नगरिकन निर्णय गरियो ।

उहाँहरुले काम गर्नका लागि एउटा स्टन्ट मात्रै खोज्नुभयो । नियम कानुन सम्मत केही छैन । सरकारमा मानवता हराएको दुई तिहाइको दम्भ देखियो । मानवता हराएको दम्भको कुनै अर्थ छैन । प्रधानमन्त्रीज्यूले दिनुभएको नेपालले पनि भारतको भूभाग मिचेको छ भन्ने अभिव्यक्तिमा टेबल ठोकियो । सामान्य नागरिकले पनि यो विषयलाई स्वीकार्न सक्दैन । यो हुँदै नभएको कुराहरूमा राम्रो अध्ययन अनुसन्धान भएन । देशलाई कमजोर पार्ने काम भयो ।

सरकारले आगामी पाँच वर्ष ढुक्कले सरकार चलाउनका लागि अब के के गर्नुपर्छ ? जनताको जीवनस्तर सुधार्न के गर्नुपर्छ ?

पहिलो कुरा त सरकारले ल्याएको बजेट, नीति कार्यक्रम काहीँ पनि तल्लो तहका वर्गलाई समेटिएको छैन । मध्यमवर्ग लक्षित कार्यक्रम मात्र छ । सरकारले काठमाडौँ उपत्यका लक्षित नीति तथा कार्यक्रम र बजेट ल्याउनुभन्दा पनि कर्णाली, सुदूरपश्चिम र पूर्वको ताप्लेजुङको ओलाङचुङ्गोलादेखि पश्चिमको दार्चुला बैतडीसम्म सोचेर काम गर्नुपर्छ । झापाको केचना कवलदेखि मधेसमा पानी नपाएको विषयसम्म पनि सरकार पुग्नुपर्‍यो ।

तल्लो तहका जनतालाई हेरिएन । सरकारको नजर मध्यमवर्गीय र माथिल्लो वर्ग भन्दा पनि तल्लो वर्गमा पुग्नुपर्‍यो । अघिल्ला सरकारहरू तल्लो वर्गमा पुग्न सकेन भनेर आफैँ आलोचना गर्ने अनि आफूले पनि त्यही प्रवृत्ति दोहोर्‍याउनु त भएन नि । हामी आफैँ पनि सुकुम्वासीलाई सधैँ सुकुम्वासी बनाउनुपर्छ भन्ने पक्षको मान्छे होइन । तर उचित व्यवस्थापन गरेर मात्रै उनीहरुलाई हटाउनुपर्ने थियो ।

हाम्रो पार्टीको सरकार हुँदा धनीपुर्जा ढिलो दियो होला, थोरैले पाए होलान् तर व्यवस्थापन राम्रो भएको थियो । धेरै वटा कुरामा सरकार दुर्घटनामा परिसक्यो । यसलाई रोक्नुपर्छ, सचेत हुनुपर्छ । नियुक्तिका कुराहरूमा पनि सरकारले आफ्ना निजी सल्लाहकारका आसेपासेलाई दियो । सरकारले पारदर्शी तरिकाले काम गरिदिए हुन्थ्यो ।

कुनै पनि कुरा हतारमा निर्णय गर्नुपर्छ भन्ने छैन । तर प्रतिशोध साँधनुभएन । अहिले पनि हाम्रो पार्टीको उपाध्यक्षज्यू बिनाप्रमाण सम्पत्ति शुद्धीकरणको मुद्दामा हिरासतमा हुनुहुन्छ । राजनीतिक प्रतिशोध भइरहेको छ । होल्डिङ सेन्टरबाट फर्किने सुकुम्वासीले कोठा पाएको अवस्था छैन।

धेरै कुराहरू छिटो डिसिजन गरेर अहिले भर्खरै समाचार बनाउँदा लोकप्रिय भयो । तर त्यो के कति कार्यान्वयनमा पुगेको छ भन्ने कुरामा चुकेको छ । फेसबुक र समाचारहरूमा रमाइलो गर्दागर्दै आज फलनाले यसो भन्यो भन्दाभन्दै उहाँहरु अल्मलिनुभयो । रमाइलो गर्दागर्दै निम्न वर्गका जनतालाई समस्यामा पार्नु हुँदैन । यो देशमा तल्लो तहका वर्गले नै दुःख पाउने अवस्था रह्यो ।

म चाहन्छु नेपाली जनताको नयाँ जनधारबाट आएको सरकार जनता केन्द्रित होस् । सरकार ७०-८०% गरीखाने वर्गसँग समन्वय गरेर अगाडि बढोस् । तर सरकारको जुन कार्यशैली छ, तल्लो वर्गलाई पूरै उपेक्षा गरेको छ । यी कुराहरू सुधार गरेर अगाडि बढ्नुपर्छ । दुई तिहाइ सधैँ रहँदैन । सरकारले जनतासँगको सम्बन्ध दिगो बनाउन भूमिका खेलोस । उहाँहरुलाई शुभकामना । हामी नयाँ हो पाँच वर्षमा देखाउँछौँ भनेर उहाँहरुले नै भन्नुभएको छ । हामी पनि उहाँहरुले गरेका राम्रा कामहरू हेरेर सिक्न आतुर छौँ ।

प्रकाशित मिति : २१ असार २०८३, आइतबार  ६ : ५१ बजे

कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् शाक्यलाई

तानसेन– कमल राष्ट्रिय सुकर्म पुरस्कार (२०८२) पाल्पाका शिक्षाविद्, समाजसेवी, गणितज्ञ दिलबहादुर

दश ओलम्पियन खेलाडी सम्मानित

कैलाली– सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने १० जना ओलम्पियन खेलाडीलाई धनगढीमा

डोल्पामा जिप दुर्घटना हुँदा एकको मृत्यु, ११ जना घाइते

कर्णाली– डोल्पाको जगदुल्ला गाउँपालिका-४ मौरेलेखमा आज बोलेरो जिप दुर्घटना हुँदा

प्रकाशको गीत ‘कर्तव्य’ : शब्द चयनमा यू-टर्न, बालेन सरकारप्रति उदार !

काठमाडौं – गायक प्रकाश सपुतको गीत ‘यो देश मेरो पनि