‘मेयर सरुवा’ बारे यसो भन्छन् उदयपुरका माननीय गेलाल « Khabarhub

‘मेयर सरुवा’ बारे यसो भन्छन् उदयपुरका माननीय गेलाल


२१ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उदयपुरबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पारसमणि गेलालले पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल भइरहेको आफ्नो ‘मेयर सरुवा’ सम्बन्धी अभिव्यक्तिको प्रष्टीकरण दिएका छन् । आइतबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले ‘मेयरको सरुवा’ भन्ने शब्द एक राजनीतिक शब्दावली भएको स्पष्ट पार्दै यसको अर्थ निर्वाचनमार्फत जनताले जनप्रतिनिधिलाई घर पठाउने प्रक्रिया भएको जनाए ।

आफ्नो चुनावी क्षेत्र र भूगोलबाट स्थानीय सरकार तथा मेयरले काम नगरेको, बाटोघाटो नबनाएको जस्ता व्यापक जनगुनासो आएपछि आफूले नागरिकहरूसँगको संवादमा उक्त अभिव्यक्ति दिएको सांसद गेलालले जानकारी दिए । कर्मचारी स्थायी संयन्त्र भएकोले उनीहरूलाई सरुवा गर्नुभन्दा सल्लाह दिएर सुधार गर्नुपर्ने तर काम नगर्ने जनप्रतिनिधिलाई हटाउने, निकाल्ने वा सरुवा गर्ने सम्पूर्ण अधिकार सार्वभौम जनताको हातमा रहेको उनको भनाइ छ । आफूले नागरिकहरूलाई आगामी निर्वाचनमा ‘मेयर सरुवाको अभियानमा लाग्नुहोस् र राम्रो मेयर ल्याउनुहोस्’ भनी दिएको लामो अभिव्यक्तिको छोटो क्लिप मात्र भाइरल गराएर भ्रम छरिएको उनले दाबी गरे ।

आलोचकहरूलाई जवाफ दिँदै सांसद गेलालले आफू कानुन बनाउने निकायमा रहेको स्मरण गराउँदै संविधान र कानुन परिवर्तनशील हुने उल्लेख गरे । यदि कुनै जनप्रतिनिधिले आफ्नो जिम्मेवारी सही ढंगले निर्वाह गर्दैन भने उसलाई बीचैमा निकाल्न, सरुवा गर्न वा घरसम्म पुर्‍याउन सक्ने कानुनी बाटो भविष्यको पुस्ताले खोल्न सक्ने सम्भावना समेत उनले औंल्याए । कर्मचारीको सरुवा र राजनीतिक नेतृत्वको सरुवा फरक विषय भएको भन्दै उनले सचेत नागरिकले आफ्नो कुरा बुझिसकेको र विरोध गर्नेहरूले निहुँ मात्र खोजेको टिप्पणी गरे ।

प्रकाशित मिति : २१ असार २०८३, आइतबार  ६ : २५ बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२