रौतहटमा १२ हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर पल्टिएर आगलागी, चालक सकुशल « Khabarhub

रौतहटमा १२ हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर पल्टिएर आगलागी, चालक सकुशल


२१ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत रौतहटको गुजरा नगरपालिका–३ मा बिहीबार बिहान १२ हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर दुर्घटना हुँदा आगलागी भएको छ।

अमलेखगञ्ज डिपोबाट सर्लाहीतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ख ७८११ नम्बरको पेट्रोल ट्याङ्कर बिहान करिब साढे पाँच बजे अनियन्त्रित भई सडकमै पल्टिएपछि आगलागी भएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र थापा मगरका अनुसार दुर्घटनालगत्तै ट्याङ्करमा भीषण आगो सल्किएको हो । चालक भने समयमै बाहिर निस्कन सफल हुँदा सकुशल रहेका छन्। घटनामा कुनै पनि किसिमको मानवीय क्षति नभएको प्रहरीले पुष्टि गरेको छ।

आगलागीको खबर प्राप्त हुनासाथ घटनास्थल पुगेको दमकल, स्थानीय बासिन्दा र सुरक्षाकर्मीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा आएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८३, बिहीबार  ९ : १६ बजे

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ मा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना

ए‍क सय १९ सशस्त्र प्रहरी जवान दीक्षित

नारायणगढ – चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन

चितवन राष्ट्रिय निकुञ्जमा ई–टिकटिङ सुरु

नारायणगढ– चितवन राष्ट्रिय निकुञ्जले पर्यटकका लागि अनलाइनबाटै प्रवेश टिकट काट्न

बागलुङमा अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने ७० सवारीसाधन कारबाहीमा

बागलुङ-  बागलुङमा पछिल्लो तीन आर्थिक वर्षमा अवैध रूपमा नदीजन्य पदार्थ

उपत्यकाबाट तीन लाख ४८ हजार यात्रु बाहिरिए

काठमाडौँ– नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर