नीति तथा कार्यक्रम तर्जुमा गर्दै त्रिभुवन विश्वविद्यालय « Khabarhub

नीति तथा कार्यक्रम तर्जुमा गर्दै त्रिभुवन विश्वविद्यालय


२१ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले अनलाइन प्रणालीमार्फत विश्वविद्यालयका सेवा प्रवाहलाई थप प्रभावकारी, सहज र पारदर्शी बनाउने गरी नीति तथा कार्यक्रम तर्जुमा गर्ने भएको छ ।

विश्वविद्यालयको योजना परिषद्को स्थायी समितिको आज बैठकमा चालु आर्थिक वर्ष २०८३–०८४ का लागि योजना परिषद्को पूर्ण बैठकमार्फत विश्वविद्यालयसभामा प्रस्तुत गरिने नीति तथा कार्यक्रमबारे विस्तृत छलफल गरिएको हो ।

बैठकमा विश्वविद्यालयका उपकुलपति तथा योजना परिषद्का अध्यक्ष प्राडा भोला थापाले विश्वविद्यालयको शैक्षिक, प्रशासनिक तथा अनुसन्धान क्षेत्रको समग्र गुणस्तर अभिवृद्धि गर्ने विषयलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । उनले बैठकमा योजना निर्देशनालयका निर्देशक तथा योजना परिषद्का सदस्य–सचिव डा. लक्ष्मीकान्त शर्माले आगामी नीति तथा कार्यक्रममा समावेश गरिएका प्रमुख विषयवस्तु तथा प्राथमिकताबारे विस्तृत जानकारी गराएका थिए ।

बैठकमा सहभागी सदस्यहरूले नीति तथा कार्यक्रमलाई समयानुकूल, गुणस्तरीय र प्रविधिमैत्री बनाउने विषयमा आ–आफ्ना सुझाव प्रस्तुत गरेका थिए ।

छलफलमा उठेका सुझावलाई समेटेर योजना परिषद्को पूर्ण बैठकमार्फत आगामी त्रिभुवन विश्वविद्यालय सभामा नीति तथा कार्यक्रम पेस गरिने जनाइएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८३, बिहीबार  ११ : ३९ बजे

बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव

म्याग्दी– विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले म्याग्दीको सदरमुकाम बेनी

प्रधानमन्त्री कार्यालयको नियमित प्रेस ब्रिफिङ : विभिन्न निकायमा ६११ जनाको नियुक्ति

काठमाडौं– सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका