चार अस्पताललाई शिक्षण अस्पतालका रुपमा प्रयोग गर्न स्वीकृति « Khabarhub

चार अस्पताललाई शिक्षण अस्पतालका रुपमा प्रयोग गर्न स्वीकृति


२१ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले चार वटा प्रादेशिक अस्पताललाई सहिद दशरच चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय शिक्षण अस्पतालका रूपमा प्रयोगका लागि स्वीकृति दिएको छ । 

प्रदेश मन्त्रिपरिषद् आजको बैठकले यसै वर्षदेखि विश्वविद्यालयमा शैक्षिक कार्यक्रम सञ्चालनका लागि कैलालीको सेती, लम्किचुहा र टीकापुर तथा कञ्चनपुरको महाकाली प्रादेशिक अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्न दिने निर्णय गरेको हो । 

स्वास्थ्य विज्ञान विश्वविद्यालयको प्रावधानअनुसार प्रादेशिक अस्पताललाई शिक्षण अस्पतालका रुपमा प्रयोग गर्न दिने र त्यसका लागि सम्बन्धित निकायसँग आवश्यक सम्झौता गरी कानुनी र प्रशासनिक प्रक्रिया अघि बढाउने निर्णय गरिएको मुख्यमन्त्री शाहका प्रमुख स्वकीय सचिव प्रयागराज खनालले जानकारी दिए । 

सहिद दशरचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धमा व्यवस्था गरेको ऐन, २०८२ को दफा २० मा प्रादेशिक अस्पतालसँग सम्झौता गरी उपयोग गर्न सक्ने व्यवस्था छ । 

उक्त ऐनमा भनिएको छ, ‘विश्वविद्यालयले नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको समन्वयमा अस्पतालसँग सम्झौता गरी त्यस्तो अस्पतालमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न वा शिक्षण अस्पतालको रूपमा उपयोग गर्न सक्नेछ ।’

प्रकाशित मिति : २१ श्रावण २०८३, बिहीबार  १२ : २१ बजे

बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव

म्याग्दी– विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले म्याग्दीको सदरमुकाम बेनी

प्रधानमन्त्री कार्यालयको नियमित प्रेस ब्रिफिङ : विभिन्न निकायमा ६११ जनाको नियुक्ति

काठमाडौं– सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका